२४ असार २०८३, बुधबार
,
Latest
केही स्थानमा आकस्मिक बाढीको जोखिम लगानी र अर्थतन्त्रका विषयमा प्रधानमन्त्री शाहले आज उद्योगी–व्यवसायीसँग छलफल गर्ने छोटो तर सन्देशमुखी मौद्रिक नीति, बजेट नै अर्थतन्त्रको मुख्य औजार भन्ने सङ्केत : पूर्वगभर्नर चिरञ्जीवी… वागमती प्रदेश सरकारद्वारा सिमान्तीकृत र विपन्न ७ जना विद्यार्थीलाई प्राविधिक छात्रवृत्ति प्रदान हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव कांग्रेसलाई कान्छारामको चाबी ! मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन सवारी नियम उल्लङ्घनको कारबाही: चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलियानाको ब्रेकअपपछि यस्तो प्रतिक्रिया



अ+ अ-

बलिउडमा कलाकारको प्रेम र ब्रेकअपको सम्बन्धको खबर कुनै नौलो होइन । हालैमा नायिका इलियाना डिक्रुजको पनि प्रेममा विश्राम लागेको छ । भारतीय मिडियाका अनुसार, इलियाना लामो समयदेखि एन्ड्रयूको प्रेममा थिइन् । तर, उनीहरु अब अलग भएका छन् ।

इलियाना र उनका प्रेमीविचको प्रेम किन टुट्यो भन्ने कारण सार्वजनिक नभए पनि इलियानाले आफ्नो एकान्टमा भएका प्रेमीसँगका सबै तस्वीर हटाएकी छिन् । प्रेमीसँगका रोमान्टिक तस्वीर हटाएसँगै पनि इलियाना अब प्रेममा नभएको बुझ्न सकिन्छ । इलियानाले सामाजिक संजालमा लेखेको एउटा स्टाटसले पनि उनी खराब समयसँग जुधिरहेकी छिन् भन्ने अनुमान लगाउन सकिन्छ ।

उनले लेखेकी छिन्,‘तपाई आफ्नो जिन्दगीमा आफ्नो परिवार, साथी र प्रेमीलाई गुमाउन सक्नुहुन्छ । तर, यसले प्रभावित भने बनाउन हुँदैन । तपाइको जिन्दगीबाट कोही पनि मानिस टाढा भएपनि आफूलाई नै गुमाउन भने हुँदैन ।’