११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार बाढी प्रभावित परिवारका लागि डिग्निटी किट र अन्तर्वस्त्र पठाइयो भोटेकोसी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनकाे रु. १ करोड सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग



अ+ अ-

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक सङ्घले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० लाख सहयोग गरेको छ । रसुवा बाढी प्रभावितको राहतका लागि सङ्घले कोषमा सहयोग गरेको हो ।

सङ्घका अध्यक्ष विनोद पोखरेलले रसुवा बाढीपछि राहत र उद्धारका लागि सरकारले आर्थिक सहयोगको आह्वान गरेपछि सङ्घले आज रु १० लाख सहयोग गरेको बताउनुभयो ।

रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा लगायतका जिल्लामा भएको मानवीय र भौतिक क्षतिप्रति अध्यक्ष पोखरेलले दुःख व्यक्त गर्नुभयो ।

सङ्घले यसअघि भूकम्प र कोभिडलगायतका प्राकृतिक विपत्तिमा पनि सहयोग गर्दै आएको जानकारी दिदै अध्यक्ष पोखरेलले राष्ट्रमा परेको विपत्तिमा थोरै भए पनि सङ्घले सहयोग गरेको बताउनुभयो ।