११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित)



अ+ अ-

काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याएको पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन हिलो तथा लेदो पन्छाउने कार्य तीव्र पारिएको छ।

राजमार्गको बैरेनी खण्डमा थुप्रिएको लेदो हटाउन सुरक्षाकर्मीहरू स्थानीय नागरिकको सहयोगमा परिचालन भएका छन्। यद्यपि, सडकको अवस्था र क्षतिको प्रकृति हेर्दा आजै यातायात सञ्चालनमा आउने सम्भावना न्यून रहेको बताइएको छ।

बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवादेखि चितवनसम्मको क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। प्राप्त जानकारीअनुसार हालसम्म १६५ जनाको शव फेला परेको छ भने ८ सयभन्दा बढी नागरिक अझै बेपत्ता छन्।

सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायहरू बेपत्ताको खोजी, उद्धार तथा राहत वितरणमा सक्रिय रूपमा खटिएका छन्।

बाढीका कारण विभिन्न स्थानमा पुल तथा सडकमार्ग बगाउँदा संघीय राजधानी काठमाडौंसँग कतिपय जिल्लाको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। भौतिक संरचनामा ठूलो क्षति पुग्नुका साथै विद्युत् आपूर्ति अवरुद्ध हुँदा धेरै स्थानमा सञ्चार सम्पर्कसमेत प्रभावित भएको सरकारले जनाएको छ।

सडक सञ्जालमा आएको अवरोधका कारण सर्वसाधारणको आवागमन तथा दैनिक जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ। उद्धार तथा राहत कार्यसँगै अवरुद्ध सडकमार्ग सञ्चालनमा ल्याउन सम्बन्धित निकायले प्राथमिकताका साथ काम गरिरहेका छन्।

– न्युज एजेन्सी नेपाल