२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेलबारे सर्वोच्चको फैसलाविरुद्ध सरकार पुनरावलोकनमा जानुपर्छ : गुरुङ



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले एनसेलको पुँजीगत लाभकर सम्बन्धी सर्बोच्च अदालतको पछिल्लो फैसला विरुद्ध पुनरावलोकनमा जान सरकारको ध्यानाकर्षण गराएका छन् ।सर्वोच्चको पछिल्लो आदेश बेठीक रहेकाले त्यसलाई सच्याउन आवश्यक रहेको उनले बताए ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक तथा पूर्वकानुनमन्त्री गुरुङले अर्बौ रुपैया राज्यलाई घाटा पार्ने सो आदेश विरुद्ध सर्वोच्चको पूर्ण इजलासमा पुनरावलोकनका लागि सरकार जानुनर्पे बताए ।

‘भदौ ९ गते सर्वोच्च अदालतले एनसेलको पुँजीगत लाभको विषयमाबारे जुन आदेश दिएको छ, त्यो आदेशले राज्यको अर्बौको कोषको घोटाला गराएको छ’ उनले भने ‘त्यो आदेश बेठीक छ, त्यो आदेश विगतको २०७५ माघ २३ गतेको सर्वोच्च अदालतको फुल बेन्चको आदेशको पनि उलंघन गरेको छ ।’