११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान



अ+ अ-

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित तथा पीडितहरूको सहयोगका लागि नेपाली कांग्रेसले सहयोग अभियान सञ्चालन गरेको छ।

कांग्रेसले विपद्मा परेका नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले स्थापना गरेको ‘नेपाली कांग्रेस विपद् व्यवस्थापन कोष’ मा रकम जम्मा गरी अभियानमा सहभागी हुन आग्रह गरेको छ।

कांग्रेसका अनुसार इच्छुक व्यक्ति तथा संस्थाले उक्त कोषमा सहयोग रकम जम्मा गर्न सक्नेछन्। सहयोगका लागि कांग्रेसले सार्वजनिक गरेको बैंक खाता विवरण यसप्रकार छः

खातावालाको नाम: नेपाली कांग्रेस विपद् व्यवस्थापन कोष
खाता नम्बर: १३५००१००१५६९७२०००००१
बैंक: नेपाल बैंक लिमिटेड
शाखा: कुपण्डोल

नेपाली कांग्रेसले विपद्को यस कठिन घडीमा भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन सबैलाई अभियानमा जोडिन अपिल गरेको छ।