३१ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जनका लागि देशभरबाट कस्ता आए सुझाव ? नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने काँग्रेसको आग्रहः विपद्को समयमा सरकार अहङ्कारभन्दा संवाद, धम्कीभन्दा जिम्मेवारी र प्रचारभन्दा परिणाममा जोड देओस् विपद् व्यवस्थापनमा सरकारी निकायबीच निरन्तर समन्वय भइरहेको छ : लामिछाने सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने सत्तारुढ दलका सांसदले प्रधानमन्त्रीलाई सोधे–योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नृपेश उप्रेतीको शब्द रहेको रहेको ‘पोई पर्यो काले’को शीर्ष गीत सार्वजनिक



अ+ अ-

शिशिर राणाको निर्देशन रहेको फिल्म ‘पोइ पर्यो काले’ को शीर्ष गीत सार्वजनिक भएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना सहित शीर्ष गीत ‘पोई पर्यो काले’ सार्वजनिक गरेको हो ।

गीतमा अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्मा, श्रृष्टि श्रेष्ठ लगायतको नृत्य देख्न सकिन्छ । शिव ढकालको छायाँकन रहेको गीतमा अर्जुन पोखरेलको संगीत, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर र नृपेश उप्रेतीको शब्द रहेको रहेको छ । कोरियोग्राफी भने रामजी लामिछानेले गरेका हुन् ।

निर्देशक राणाकै लेखन रहेको फिल्म किरण नेपालीको प्रस्तुतिमा राजिव गुरुङ (दिपक मनाङ्गे) र सरोज नेपालीको लगानीमा बनेको हो । अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् । फिल्म भने ८ कार्तिकबाट प्रदर्शनमा आउने छ ।

https://youtu.be/bNozwMbyAsk