१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

बाँदरझुलाबासी लालपूर्जाको माग गर्दै काठमाडौंमा

बाँदरझुलाबासी लालपूर्जाको माग गर्दै काठमाडौंमा
फोटोः फाइल
अ अ+ अ-

चितवन । चितवन माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुम्बासी समुदायले काठमाडौंमा आन्दोलन सुरु गरेका छन् । आइतबार बाँदरझुला संघर्ष समितिले काठमाडौंको माइतिघरमा लालपुर्जा प्राप्तिको लागि आन्दोलन सुरु गरेका हुन् ।

बाँदर झुला संघर्ष समितिकी संयोजक शारदा आचार्यले चितवन राष्ट्रिय निकुञ्ज र नगरपालिकाले ज्यादती गरेको र न्यायको लागि काठमाडौं केन्द्रित आन्दोलन गर्नु परेको बताउनुभयो । उहाँले काठमाडौंमा आएर आफ्नो जग्गाको लालपुर्जा प्राप्त गर्नुका लागि आन्दोलन गर्नु पर्ने बाध्यता भएको बताउनुभयो । संयोजक आचार्यले नगरपालिका तथा निकुञ्जमा लालपुर्जाको माग गर्दै पटक–पटक आन्दोलन गरे पनि माग पुरा नभएको बताउनुभयो ।

अब अन्तिम लडाइ लड्नकै लागि काठमाडौं आएको उहाँले बताउनुभयो । सुकुम्बासी जनताको अधिकार माथि नै राजनीति भएको भन्दै लालपुर्जा प्राप्तिको लागि निरन्तर आन्दोलन जारी राख्ने आचार्यले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बाँदर झुलाका सुकुम्बासी जनताले बाच्न पाउनु पर्ने अधिकार रहेको छ । बस्तीका आँगो लगानउने विगत ८  वर्ष देखि घुुरी कर बुझाएको प्रमाण हामीसँग छ । अनि कसरी निकुञ्जको जग्गा हुन्छ ? यो विषयमा नगरपालिकाले पनि न्याय दिन सकेन । माओवादीका अध्यक्ष प्रचण्ड तीन पटक बस्तीमा पुग्नु भयो तर, बाँदरझुलाका जनताले लालपुर्जा पाएनन् । नेताहरुलाई जनताको समस्या भन्दा पनि भोट चाँएको छ । अब यहाँका जनताले केही गर्न नजाने पनि भोट दिन जानेका छौं । हामी भोट दिने बेलामा हेर्छौं । हामीले जग्गाको लालपुर्जा नपाएसम्म यो नालायक सरकार चाँहिदैन । लालपुर्जा नदिएसम्म कसैलाई भोट दिदैनौं । सुकुम्बासी नपढेको जनता भनेर हेपियो । तर, अब हामी कसैले राजनीतिकरण गर्न खोजे पनि रोकिने छ्रैनौं । आफ्नो अधिकार माग गर्न आउनलाई समेत रोकियो । जति आएका छौं । त्यतिले निरन्तर रुपमा आन्दोलन गछौं । आन्दोलन नभए माग पुरा गर्नको लागि अदालतमा मुद्वा हालेर मात्रै चितवन जान्छौं ।

सुकुम्बासी समुदाय बाँदरझुला मानवीय बस्ती र निकुञ्जको जग्गाको सिमाङकन गर, हाम्रो भूमिको लालपुर्जा दे, हामीहरु घर खोजि रहेका छौं, तिमिहरु बस्ती जलाउँछौं लेखेका प्लेकार्डसहित आन्दोलन गरिएको छ ।

तस्बिरहरु :