७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

भुक्तानी लिने पहिले, पुल बनाउने कहिले ?

भुक्तानी लिने पहिले, पुल बनाउने कहिले ?
अ+ अ-

काठमाडौं । आकाशेपुल निर्माण गर्ने ठेक्का पाएको निर्माण व्यवसायीले दुई वर्ष बितिसक्दासम्म सो पुल बनाउन शुरू गरेको छैन।

पटक–पटक ताकेता गर्दा पनि ठेक्का लिएको पूर्णचण्डी–महर्जन–ड्रामा जेभीले काम अघि बढाउन आनाकानी गरिरहेको काठमाडौं चक्रपथ सडक सुधार आयोजनाले जनाएको छ। आयोजनाका इन्जिनियर निरञ्जन शर्माले चारपटक पत्र काटिसकेको बताउनुभयो।

चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको कलंकी–कोटेश्वर सडक खण्डका विभिन्न स्थानमा आकाशेपुल आवश्यक देखिएकाले सडक विभागअन्तर्गतको उक्त योजनाले यात्रुको चाप भएको सडकको मुख्य चोकमा दुई प्याकेजमा यस्ता पुल बनाउन ठेक्का लगाएको थियो।

सम्झौताअनुसार गत पुसमा उक्त काम गरिसक्नुपर्ने भए पनि कुनै काम हुन सकेको छैन। जब कि १५ करोडमा ठेक्का पाएको उक्त जेभीले त्यसका लागि पाँच प्रतिशत रकम अग्रिम भुक्तानी लिइसकेको छ।

तीनकुने–सूर्यविनायक सडक कालोपत्रे गर्न १ करोड

आठ वर्षअघि निर्माण सम्पन्न भएर सञ्चालनमा आएको तीनकुने–सूर्यविनाय सडकमा पुनः कालोपत्रे गरिने भएको छ। ६ लेनको सडकमा ठाउँ–ठाउँमा चिरा पर्ने क्रम बढेपछि सडक विभागले पुनः कालोपत्रे गर्ने भएको हो।

जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त सडक खण्डको ८० प्रतिशत भागमा चिरा परेको छ। कोटेश्वर क्षेत्र, हनुमन्ते पुल, गठ्ठाघर र ठिमी सडक खण्डमा चिरा–चिरा परेको छ।

जापान सरकारको २ अर्ब रुपियाँमा ९ दशमलब १ किलोमिटर सडक निर्माण भएको थियो।यस सडकमा सडकको मोटाइ ११ सेन्टिमिटर रहेको छ।

सडकमा बढ्दो ट्राफिक चाप बढेसँगै यस आर्थिक वर्षभित्र नै पुनः कालोपत्रे गराउने प्रक्रिया अगाडि बढाएको सूर्यविनाय–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाका प्रमुख सूर्य भाटले बताउनुभयो।

आयोजनाले पहिलो चरणमा मनहरा पुलदेखि सूर्यविनायकसम्म चिराचिरा परेको सडकमा क््याक सिलिङ ९चिरा परेको ठाउँमा अलकत्रा र मसिनो बालुवाले टाल्ने० गर्नेछ।

यसका लागि १ करोड रुपियाँमा ठेक्कासमेत आह्वान भइसकेको प्रमुख भाटले बताउनुभयो। अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको यस सडकमा दुई लेयरको कालोपत्रे गरिएको छ।

अब कालोपत्रे गर्दा तीन लेयरको हुनेछ। ‘सडकको आयु भनेको ७र८ वर्षको हुन्छ, समयमा नै सडकको मर्मत नगर्ने हो भने सडकमा अत्यधिकरूपमा खाल्डाखुल्डी पर्ने सम्भावना हुन्छ, त्यही भएर पुनः कालोपत्रे गरिन लागिएको हो’ –उहाँले बताउनुभयो।

यही भदौ महिनाभित्र नै कालोपत्रे गर्नका लागि ठेक्का प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ। ठेक्का सम्झौता भएको तीन महिनाभित्र पुनः कालोपत्रे गर्ने काम सम्पन्न हुने बताउँदै प्रमुख भाटले समयमै सडकको मर्मत गर्दा राज्यलाई ठूलो आर्थिक भार नपर्ने बताउनुभयो।

तीनकुने–सूर्यविनायक सडक खण्डमा तीनकुनेबाहेक अन्य क्षेत्रमा सडक सतहमा पानी जम्ने समस्या भने छैन। उक्त सडकबाट हाल दैनिक हजारौंको संख्यामा सवारीसाधन आवतजावत गर्ने गरेका छन्।

राजधानी प्रवेश गर्ने मुख्य नाकामध्ये एक रहेको तीनकुने–सूर्यविनायक सडकमा अन्य सडकजस्तो खाल्डाखुल्डी भने परेको छैन। तीनकुनेदेखि जडिबुटीसम्मको सडकको मर्मत भने सडक डिभिजन कार्यालय काठमाडौंले गर्नेछ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।