७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

नक्कली ऋणी खडा गरी बैंकको १८ करोड हिनामिना प्रकरण

नक्कली ऋणी खडा गरी बैंकको १८ करोड हिनामिना प्रकरण
अ+ अ-

दाङ । दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित देवः विकास बैंकमा १८ करोड रुपैयाँ हिनामिना भएपछि त्यो बैंकमा खाता खोलेका स्थानीय त्रसित भएका छन् । स्थानीय खातावालको कागजपत्र लिएर नक्कली ऋणी खडा गरी रकम हिनामिना भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीले अनुसन्धानको दायरामा ल्याएका खातावालाले भने आफूहरूको कुनै दोष नभएको भन्दै दुःख दिने काम भएको बताएका छन् । नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका पूर्वअध्यक्ष प्राध्यापक लेखनाथ आचार्यले आफूले सेवानिवृत्त हुँदा प्राप्त गरेको १४ लाख रुपैयाँ उक्त बैंकमा मुद्दती खाता खोलेर जम्मा गरेको बताए । अहिले सोही खाताका कारण आफूले सास्ती बेहोरिरहेको उनले बताए ।

आचार्यले भने, ‘मुद्दती खाता खोल्दाका कागजपत्रलाई आधार बनाएर बैंक शाखा प्रमुख समीर बुढाथोकीले मेरो नाममा नक्कली ऋण खाता तयार गरेर ३० लाख रुपैयाँको कारोबार गरेको थाहा भएको छ, मलाई त्यो खाताबारे कुनै जानकारी छैन । तर, प्रहरीको तर्फबाट मलाई पनि अनुसन्धानमा राखिएको भन्ने सुन्नमा आएको छ ।’

ऋण लगानीको नाममा ५४ वटा खाता प्रयोग गरेर हिनामिना गरिएको रकम निकासा गरिएको थियो । प्रहरीले ५४ वटै खातावालामाथि निगरानी बढाएको प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिए ।

प्रहरीका अनुसार ५४ मध्ये पाँचवटा खाता नक्कली प्रमाणित भएका छन् । त्यस्तै ६ वटा खाताबाट बढी कारोबार गरिएको भेटिएको छ । ‘५४ वटा खातामध्ये पाँचवटा नक्कली प्रमाणित भएका छन् । अन्य ४९ वटा खातावालालाई पक्राउ पुर्जी जारी गरेका छौँ,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजन गौतमले भने, ‘६ वटा खाताबाट मात्रै बढी कारोबार गरिएकाले उक्त खातावालामाथि बढी निगरानी बढाएका छौँ ।’

बैंकमा नक्कली ऋणी खडा गरेर १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिना गरिएको थियो । अपराधमा संलग्न भएको आशंकामा प्रहरीले बैंकका म्यानेजर समीर बुढाथोकीसहित १२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । हिनामिनामा संलग्नता देखिएका ४९ जनालाई पक्राउ पुर्जी जारी गरेको छ ।

यो बैंक गत असारमा दाङमा केन्द्रीय कार्यालय रहेको वेस्टर्न डेभलपमेन्ट बैंकसँग मर्ज भएको थियो । पक्राउ परेका बुढाथोकी दुई बैंक मर्ज हुनुअघि वेस्टर्न बैंकमा कार्यरत थिए । उनी ०६७ देखि बैंकमा आबद्ध थिए । प्रहरीका अनुसार बुढाथोकीले वेस्टर्न बैंकमा कार्यरत छँदै रकम हिनामिना गरेका हुन् । वेस्टर्न मर्ज भएपछि बुढाथोकी देवः बैंकको नारायणपुर शाखामा म्यानेजर थिए ।

बैंक मर्जरपछि हिसाबकिताबमा अनियमितता देखिएको भन्दै देवः बैंकले उनीविरुद्ध प्रहरीमा उजुरी हालेको थियो । एक व्यक्तिले मात्रै यति ठूलो रकम हिनामिना गर्न नसक्ने भन्दै प्रहरीले यो प्रकरणमा अन्य व्यक्ति संलग्न रहेको भन्दै अनुसन्धान गरेको थियो ।

केन्द्रीय कार्यालय पनि शंकाको घेरामा
नारायणपुरजस्तो सानो क्षेत्रको बैंकमा करिब १८ हिनामिना हुँदासमेत केन्द्रीय कार्यालयले केही थाहा नपाउनु शंकाको विषय रहेको प्रहरी स्रोतको भनाइ छ । ५० करोड कुल पुँजी रहेको बैंकको शाखाबाटै त्यति ठूलो रकम हिनामिना हुनुमा एउटा व्यक्तिको मात्रै हात हुन नसक्ने आशंका गर्दै प्रहरीले हुनै बैंकको केन्द्रीय तहसम्म पनि छानबिन गर्ने संकेत दिएको छ ।

नारायणपुर शाखाका प्रमुखलाई दुई लाख रुपैयाँसम्मको ऋण स्वीकृत गर्ने अधिकार थियो । तत्कालीन वेस्टर्न डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत खिमबहादुर डिसीले
आफ्नो कमजोरी भएको स्वीकार गरे । रकम हिनामिनाको नैतिक रूपमा जिम्मेवारी लिएको बताउँदै डिसीले भने, ‘ऋण लगानी बढिरहेको भनेपछि धेरै सोधीखोजी गरेनांैँ । तर, सबै नक्कली कागजात तयार पारेर बदमासी भएको रहेछ, पछि थाहा भयो ।’

केन्द्रबाट झिकाइयो विज्ञ
प्रहरी निरीक्षक राजन गौतमका अनुसार दोषी नउम्किऊन् र निर्दोष नफसून् भनेर छानबिनलाई प्रभावकारी बनाउन राष्ट्र बैंकबाट विज्ञ टोली झिकाएर अनुसन्धान भइरहेको छ । सिआइबीले पनि यस विषयमा अनुसन्धान गरिरहेको छ । ‘अनुसन्धानको दायरा फराकिलो पारेर काम गरिरहेका छौँ । प्रहरीका लागि पनि यो नयाँ केस हो ।

प्रभावकारी अनुसन्धान होस् भने केन्द्रबाट नै टोली खटिएको छ,’ उनले भने, ‘पक्राउ परेका परिवारले हाम्रो दोष छैन भन्नु उहाँहरूको अधिकार हो । तर, प्रहरीले निष्पक्ष अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउनेछ भन्नेमा ढुक्क भए हुन्छ ।’, समाचार नयाँ पत्रिका दैीनकमा प्रकाशित छ ।