७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

अझै रोकिएन बालविवाह : २७ प्रतिशत किशोरी आमा

अझै रोकिएन बालविवाह : २७ प्रतिशत किशोरी आमा
अ+ अ-

जुम्ला । बालविवाहका कारण जुम्लामा किशोर उमेरमै आमा बन्नेको संख्या २७ प्रतिशत रहेको पाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लाको तथ्यांकअनुसार जुम्लामा २७ प्रतिशत किशोरी आमा हुने वा पहिलो बच्चा जन्माउन गर्भवती हुने गरेको पाइएको हो । यसरी किशोरी उमेरका आमा बन्नेको संख्या सहरभन्दा ग्रामीण क्षेत्रमा बढी छ ।

किशोर उमेरमै आमा बन्नुपर्दा अधिकांशको ज्यान जोखिममा पर्ने गरेको छ । आमा र बच्चा दुवैलाई विभिन्न खालका स्वास्थ्यमा समस्या देखिने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । आर्थिक वर्ष ०७४/७५ मा अस्पतालमा सुत्केरी गराउन आएका ६७४ मध्ये १७९ जना किशोरी थिए । आव ०७५र७६ मा सुत्केरीका लागि आएका ६७८ महिलामध्ये १३० जना किशोरी २० वर्षमुनिका छन् । सुत्केरी गराउन आउनेमा २०-३४ वर्षका ५१८ र ३५ वर्षदेखि माथिका २७ जना रहेको अस्पतालले जनाएको छ ।

बालविवाहले घरेलु हिंसामा वृद्धि
बढ्दो बालविवाहका कारण आमा बन्ने महिलाको संख्यामा वृद्धि हुँदा किशोरी आमामा स्वास्थ्यसँगै मानसिक समस्यासमेत बढ्दो रहेको प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईंले बताए । ‘कम उमेरमा विवाह गर्ने र चाँडै आमा बन्ने हुँदा किशोरीको ज्यान जोखिममा छ,’ उनले भने, ‘कम उमेरमा आमा बन्दा उनीहरूमा विभिन्न खालका स्वास्थ्य समस्या देखिएको छ भने अर्कातिर सोही कारणले उनीहरू घरेलु हिंसामा समेत पर्ने गरेका छन् ।’ किशोरी आमाको शारीरिक अपरिपक्वता हुनुका साथै मानसिक तथा सामाजिक रूपले पनि अवस्था कमजोर हुने गरेको डा. पुजन रोकायाले बताइन् ।

कम उमेरमा विवाह गरेर किशोरी आमा बन्नुमा अन्धविश्वास र सामाजिक परम्परा प्रमुख कारण रहेको स्वास्थ्यकर्मीको बुझाइ छ । परिवार नियोजनका अस्थायी साधनबारे राम्रो जानकारी नहुँदा पनि किशोरीले कम उमेरमै बच्चा जन्माउने गरेका छन् ।

बालविवाहका कारण अन्य पारिवारिक जिम्मेवारी बढ्ने, स्वतन्त्रताको कमी हुनेजस्ता कारणले गर्दा यस्ता किशोरीमा मानसिक समस्यासमेत देखिने गरेको हो । बालविवाह अन्त्यका लागि जनचेतनाको आवश्यकता रहेको स्वास्थ्यकर्मी हिमाली खत्रीको भनाइ छ । कम उमेरमा विवाह हुँदा महिलाको पाठेघर खस्ने, अस्वस्थ बच्चा जन्मने, पारिवारिक बोझले शिक्षा पूरा गर्न नपाउनेजस्ता विविध कुराले वृत्तिविकासको ढोका बन्द हुने उनले बताइन् । बालविवाहले शैक्षिक रूपमा पनि महिला निकै पछि परेको खत्रीको तर्क छ ।

जिल्लाको सबैभन्दा बढी बालविवाह हुने गरेको पातारासी गाउँपालिकाले बालविवाहविरूद्धको अभियान सञ्चालन गरेको छ । बालविवाह रोक्न तथा छोराछोरीबीचको असमानता हटाउन गाउँपालिकाले अस्पतालमा छोरी जन्मे प्रोत्साहन भत्तास्वरूप तीन हजार रुपैयाँ दिने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।

रिफर सेन्टर नजिक भएकाले आपत्कालीन उद्धार गर्नुपरेन
जुम्लाका गर्भवती महिलालाई सुत्केरी गराउन अहिलेसम्म हेलिकोप्टरबाट आपतकालीन उद्धार गर्नु नपरेको स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख लक्ष्मण चौलागाईंले बताए । ‘जुम्लाका विभिन्न स्थानमा बर्थिङ सेन्टर भएका र रिफर गर्नुपर्ने स्थान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक भएकाले पनि यो समस्या नआएको हो,’ उनले भने ।

जुम्लाका चौधबिस भेग, सिन्जा भेग, पानसय भेग सडक सञ्जालमा जोडिएका छन् । सिन्जा, पातारासी गाउँपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । सडक सञ्जालले जोडिएको र एम्बुलेन्स सेवा भएकाले समयमा गर्भवती महिलालाई प्रतिष्ठानमा ल्याउने गरिएको उनले बताए ।

प्रसूति हुनुअगावै अस्पतालमै बस्ने सुविधा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको समन्वयमा प्रसूति हुने समयभन्दा हप्ता दिनअगावै डिस्जार्ज नहुन्जेलसम्म बस्न तथा खान निःशुल्क व्यवस्था मिलाइएको छ । स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख लक्ष्मण चौलागाईंका अनुसार विशेष गरी मातृ र बाल मृत्युदर न्यूनीकरण गर्न यस प्रकारको कार्यक्रम सञ्चालन गर्न थालिएको हो । दुई÷तीन दिनभित्रै बस्ने कोठाको व्यवस्थापन गरी खान पकाउने र बस्ने व्यवस्थापनको तयारी भइरहेको उनले बताए ।

गर्भावस्थामा दुई आमाको मृत्यु
गत वर्ष गर्भावस्थामा दुई आमाको मृत्यु भएको थियो । चन्दननाथ नगरपालिका– ७ की ३० वर्षीया विष्णुमाया महतको गत २६ असोजमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा मृत्यु भएको थियो ।

गर्भपतन गर्न स्वास्थ्यकर्मीको सल्लाहविना औषधि प्रयोग गर्दा अत्यधिक मात्रामा रक्तस्राव हुँदा उनको मृत्यु भएको प्रतिष्ठानको प्रतिवेदनमा उल्लेख छ । गर्भावस्थामा उनलाई निमोनिया र मुटुरोग रहेकाले पनि गर्भपतनको औषधि प्रयोग गर्दा यस्तो दुर्घटना हुन पुगेको प्रतिष्ठानको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, तातोपानी गाउँपालिका–७ ताम्ती गाउँकी १८ वर्षीया संगीता रावतको गत ३० फागुनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । गर्भवती भएको २८ हप्तामा उनको मृत्यु भएको अस्पताल निर्देशक धर्मराज गोसाईंले बताए ।

कम उमेरमा गर्भवती भएको, उचाइ सानो भएको, गर्भावस्थामा निमोनिया भएको, मुटुसम्बन्धी समस्या देखिएको र नसा बन्द भई रक्तसञ्चार नभएकाले उनको मृत्यु भएको चिकित्सकको प्रतिवेदनमा उल्लेख छ ।, समाचार नयाँ पत्रिका दैीनकमा प्रकाशित छ ।