२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाका दुई स्थानमा बम विस्फोट



अ+ अ-

बिर्तामोड । झापाका दुई स्थानमा बम विस्फोट भएको छ । आइतबार राति गौरादह नगरपालिका र बिर्तामोड नगरपालिकामा बम विष्फोट भएको हो ।

विष्फोटबाट गौरादह नगरपालिका कार्यकारी अधिकृत चढ्ने स्कारपियो गाडीमा क्षति पुग्नुका साथै बिर्तामोड नगरपालिकास्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको भवनमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

राति साढे १२ बजे गौरादह–३ धोवनिया चोकस्थित निवास अगाडी पार्किङ गरी राखिएको बा २ झ २५७० नम्बरको स्कारपियो गाडीमा बम विस्फोट भएको हो । उक्त गाडी गौरादहका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडी भएको मेयर रोहितकुमार साहले जानकारी दिए ।

मिश्र स्थानीय इन्द्र कटुवालको घरमा डेरा बस्दै आएका थिए । विस्फोटका कारण गाडीमा ठूलो क्षति पुगेको डीएसपी श्रेष्ठले बताए ।

त्यसअघि राति साढे ११ बजे बिर्तामोड–२ चारपानेस्थित सहारा नेपालको नवनिर्मित भवनमा बम विस्फोट भएको छ । भवनको भुई तलाको ढोकामा बम विस्फोट गराइएको डीएसपी श्रेष्ठले जानकारी दिए । विस्फोटबाट सामान्य क्षति पुगेको छ । दुवै स्थानमा कस्तो बम र कसले विस्फोट गराएको भन्ने बारे कुनै जानकारी प्राप्त नभएको डीएसपी श्रेष्ठले बताए ।