७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

एनसेल कर विवाद : अदालतको आदेशमाथि छानबिन माग

एनसेल कर विवाद : अदालतको आदेशमाथि छानबिन माग
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभामा सत्ता र प्रतिपक्षका सांसदहरूले सर्वोच्च अदालतले गरेको एनसेलको लाभकर निर्धारणसम्बन्धी गरेको फैसलामा न्यायाधीशहरूमाथि छानबिनको माग गरेका छन् ।

सांसदहरूले अदालतले गरेको निर्णयको छानबिन गरेर न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्नेसम्मको धारणा राखे । कानुन, न्याय तथा प्रतिनिधिसभाको मानव अधिकार समितिले एनसेल प्रकरणको अदालतको निर्णय अध्ययन गर्ने सहमति गरेको दुई दिनपछि प्रतिनिधिसभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरूले संसदीय समिति नै बनाउन माग गरे । सर्वोच्च अदालतले आफैंले अघिल्लो पटक गरेको फैसला उल्ट्याउँदै करिब १८ अर्ब रुपैयाँ कर घटाउने गरी अर्को फैसला सुनाएको छ ।

नेकपा संसदीय दलका सचेतक देवप्रसाद गुरुङले एनसेलको लाभ करको सन्दर्भमा सर्वोच्च अदालतले गरेको निर्णय गलत भएकाले सरकारले तुरुन्तै अपिल गर्नुपर्ने बताए । अदालतको आदेशले राज्यको करोडौं घोटाला गराएको दाबी गर्दै उनले २०७५ माघ २३ मा सर्वोच्चले गरेको आदेशको उल्लंघन गरेको उनले बताए । संसद्को गम्भीर ध्यान जानुपर्ने भन्दै उनले भने, ‘सरकारले सर्वोच्चको पूर्ण र बृहत् इजालसमा अपिल गर्नुपर्छ ।’

सांसद प्रेम सुवालले एनसेल प्रकरणको विषयमा संसद्ले छानबिन समिति बनाउनुपर्ने धारणा राखे । उनले समिति गठन गरेर गलत फैसला गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउने तयारी गर्न माग गरे । सर्वोच्चका केही न्यायाधीशसले गैरसरकारी संस्थाको पक्षमा फैसलाहरू गर्दै आएको बताए । उनले यस्तो विषयमा पनि संसद्ले छानबिन गर्नुपर्ने माग गरे ।

सांसद हृदयेश त्रिपाठीले कर जनताबाट होइन एनसेलबाट उठाउन माग गरे । उनले एनसेलको लाभ करलाई अदालतले कहिले उठाउने, कहिले नउठाउने भन्ने गरेको आरोप लगाए । प्रतिव्यक्ति आयका हिसाबले नेपाल करको दरमा सर्वाधिक बढी भएको मुलुकमा पर्ने बताए । ‘एउटा समिति गठन गरेर छानबिन गरी त्यस्तो रकम उठाऔं,’ उनले भने, ‘जनताले विकास गर, कर लेऊ भन्न थालेका छन् । संकलित रकम साधारण खर्चमै सकिने हो भने करको औचित्यमाथि नै प्रश्न उठ्छ ।’

करका कारण सरकारको लोकप्रियतामा धक्का पुगेको बताए । सांसद रेनुका गुरुङले एनसेलबाट सरकारले कर उठाउने हिम्मत नगरेको बताइन् । ‘बरु दुई तिहाइको लोकप्रियता गुमाउन चाहन्छ, कर उठाउन चासो दिँदैन,’ उनले भनिन् । एनसेल प्रकरणलाई कर छलीको उदाहरणका रूपमा प्रस्तुत गरिन् ।

पूर्वकानुनमन्त्री तथा सत्तापक्षीय सांसद शेरबहादुर तामाङले प्रतिनिधिसभामा बुधबार एनसेलको कर निर्धारणको विषयलाई संसद्ले गम्भीर रूपमा हेरिरहेको बताएका थिए । प्रधानन्यायाधीशसकै इजालसले गरेको फैसलाअनुसार २०७३ मा ठूला करदाता कार्यालयले एनसेलले तिर्नुपर्ने कर ६२ अर्ब ६३ करोड निर्धारण गरेको प्रसंग जोड्दै उनले यसलाई फेरि आलटाल गरेको बताएका थिए । उनले संसद्ले न्यायाधीशमाथि छानबिन गर्न सक्ने संकेत गरेका थिए ।

संसद्को कानुन समितिमा एनसेलबारे अदालतले गरेको निर्णयमाथि छलफल गर्न संविधान र कानुनविद्सँग परामर्श गर्ने सहमति बिहीबार भएको थियो । १२ औं पटकको सेयर बिक्रीबाट लाग्ने पुँजीगत लाभकर तिर्न अनाकानी गरिरहेको एनसेलको मागअनुसार नै सर्वोच्च अदालतले फैसला सुनाएपछि त्यसमाथिको बहस सुरु भएको हो ।

पाँचजना न्यायाधीशको पूर्ण इजालसले ठूला करदाता कार्यालयले यसअघि गरेको कर निर्धारणलाई खारेज गरेको थियो । अदालतको उक्त फैसलालाई सार्वजनिक रूपमा बहस सुरु भएपछि प्रतिनिधिसभा र संसदीय समितिले चासो दिएको हो ।
पाँच न्यायाधीशहरूको बृहत् पूर्ण इजलासले गरेको फैसलाको निर्णय गत साता सुनाउँदै ठूला करदाता कार्यालयले यसअघि गरेको कर निर्धारण बदर गरिदिएको छ । अब ठूला करदाता कार्यालयले पुनः नयाँ कर निर्धारणको प्रक्रिया अघि बढाउनुपर्नेछ ।

‘निवेदकलाई आयकर ऐनको दफा १२० (क) बमोजिम लगाएको शुल्क उक्त दफाको विपरीत देखिँदा सो हदसम्म ठूला करदाता कार्यालयको मिति २०७६/०१/०३ को कर निर्धारण आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ,’ सर्वोच्चको फैसलामा भनिएको छ ।

ऐनको दफा १२० ९क० बमोजिमको शुल्कबापतको १८ अर्ब ३३ करोड रुपैयाँसहित ६२ अर्ब ६३ करोड रुपैयाँ कर निर्धारण ठूला करदाता कार्यालयले गत वैशाख ३ गते गरेको थियो । ६२ अर्ब ६३ करोडमध्ये पहिल्यै २३ अर्ब ५७ करोड रुपैयाँ कर तिरिसकेको छ । बाँकी ३९ अर्ब ६ करोड कर बुझाउनुपर्नेमा एनसेलले कर निर्धारणप्रति चित्त नबुझाउँदै सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामाथि सर्वोच्चले फैसला गरिसकेकाले अब १८ अर्ब ३३ करोड रुपैयाँ तिर्नुपर्ने छैन । अदालतको यो निर्णयमाथि विरोध भइरहेको छ । खासगरी संसद्का विषयगत समितिदेखि संसद्मै अदालतको फैसलाप्रति प्रश्न उठाइएको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।