७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

महिनामा दुईपल्ट विदेश

महिनामा दुईपल्ट विदेश
अ+ अ-

पोखरा । चीनबाट फर्किएको तीन दिनमै पोखरा महानगरपालिका प्रमुख मानबहादुर जीसी दक्षिण कोरिया उडे । जलवायु परिवर्तनका लागि संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) को कार्बन व्यापारसम्बन्धी कार्यक्रममा भाग लिन उनी गत मंगलबार कोरिया गएका हुन् ।

भदौमा मात्रै यो उनको दोस्रो विदेश भ्रमण हो । निर्वाचित भएर कार्यभार सम्हालेयता दुई वर्षको अवधिमा उनी कोरिया दोस्रोपल्ट गए, विदेश १२ औंपल्ट ।

प्रमुख जीसीको विदेश यात्राको शृंखला २०७४ भदौबाट सुरु भएको हो । दक्षिण कोरियामै उनले एसिया प्यासिफिक सिटी समिटमा चार दिन बिताए । गत कात्तिकमा श्रीलंका, पुसमा चीन, चैतमा ताइवान, २०७५ को जेठमा चीन, भदौमा पुनः चीन, साउनमा जापान, असोजमा युरोप र फागुनमा बेलायत पुगे । गत जेठमा उनी भारत घुमे । भदौको ३ देखि १० दिन पुनः चीन गएर फर्किए । कोरियाबाट एक सातापछिसोमबार उनी स्वदेश फर्कने छन् ।

चारपल्ट चीन गएका महानगर प्रमुखले दुई वर्षको अवधिमा साढे २ महिना विदेशमै बिताएका छन् । कम महत्त्वका कार्यक्रममा समेत महानगर प्रमुख नै सहभागी हुने गरेको भन्दै उनको आलोचना पनि हुने गरेको छ । कम्प्युटर एसोसिएसनको कार्यक्रममा उनले ताइवानमा पाँच दिन बिताए ।

पोखराले भगिनी सम्बन्ध गाँसेका चीनका सहरमा पुगेर उनले घुमघाममै समय खर्चिए । गैरसरकारी संस्थाको निमन्त्रणामा समेत उनी विदेश जाने गरेका छन् । हेफर इन्टरनेसनलले उनलाई दुई दिन भारत घुमाएर ल्याएको थियो । जापान जाँदा उनले नौ जनाको ठूलो टोली साथै लगेका थिए ।

पछिल्लोपल्ट प्रधानमन्त्रीको सिफारिसमा नेकपाबाट निर्वाचित प्रमुख र उपप्रमुखलाई चीनले युनान प्रान्तको कुन्मिङमा लगेर प्रशिक्षण दियो । उनीहरूले वित्त व्यवस्थापन, सहरी विकास र सहलगानीलगायत विषयमा तालिम लिए । तालिम राम्रो भए पनि चीन र नेपालको सामाजिक, आर्थिक, राजनीतिक अवस्थाले कार्यान्वयन गर्न अप्ठेरो हुने महानगर प्रमुख स्वयं बताउँछन् ।

यसपल्टको दक्षिण कोरिया भ्रमण भने फलदायी हुने उनको दाबी छ । ‘पहिला पहिला भात खान मात्रै गइयो,’ कोरिया प्रस्थानअघि उनले भनेका थिए, ‘यसपालि पोखरालाई राम्रै लाभ हुन्छ ।’ कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले पोखराको सहरी यातायात गुरुयोजना निर्माणमा सहयोग गर्ने भएको उनले बताए । उक्त सम्बन्धमा कोइकाकाप्रतिनिधिसँग भेटघाटको कार्यक्रम छ ।

उपमेयर मञ्जुदेवी गुरुङलाई कार्यवाहक दिएकाले आफू बाहिर रहँदा महानगरपालिकाको दैनिक कामकाजमा अप्ठेरो नहुने दाबी उनको छ । ‘वडालाई अधिकार दिएको छ, योजना सम्पन्न भइसकेका छन्,’ उनले भने, ‘केही दिन मेयर हुनु र नहुनुमा तात्विक भिन्नता आउँदैन ।’ भ्रमणको सबै खर्च आयोजकले नै बेहोर्ने गरेको उनले बताए ।

राजनीतिशास्त्रका उपप्राध्यापक कपिलमणि दाहाल जनप्रतिनिधि विदेश भ्रमणबाट के–के उपलब्धि भए भन्ने जानकारी जनताले पाउनुपर्ने बताउँछन् । उपलब्धिका बारेमा नबताई दैनिक कामकाजमा समस्या नहुने भन्दैमा उम्किन नमिल्ने उनको तर्क छ । ‘घुम्नका लागि मात्रै जानु गलत हो,’ उनी भन्छन्, ‘यो–यो उपलब्धि भयो भनेर स्पष्ट पार्नुपर्छ, होइन भने त्यसले सुशासनमा टेवा पुर्‍याउँदैन ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीको वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन ‘विदेश भ्रमणसम्बन्धी निर्देशिका–२०७५’ र स्थानीय तहका कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका–२०७५ जारी गरेको छ । मन्त्रालयका अनुसार स्थानीय तहलाई आर्थिक र सामाजिक रूपान्तरणमा प्रत्यक्ष सहयोग पुग्ने वैदेशिक सहयोग परिचालनमा मद्दत पुर्‍याउने भ्रमण कार्यक्रमलाई मात्र स्वीकृति दिने गरेको छ ।

गाउँपालिका अध्यक्ष ५० दिन चीनमा
कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ साउन १० देखि चीनमा छन् । विकासशील देशका लागि बाँसको प्रविधिसम्बन्धी तालिममा सहभागी हुन उनी गएका हुन् । ५० दिन चीनको हाङझाउ सहरमा रहने उनी भदौ ३१ मा मात्रै फिर्ने कार्यक्रम छ । चीनको राष्ट्रिय वन तथा घाँसे मैदान प्रशासनअन्तर्गत राष्ट्रिय बाँस अनुसन्धान केन्द्रको निमन्त्रणामा उनी त्यहाँ पुगेका हुन् ।

उनले उपाध्यक्ष कृष्णकुमारी दवाडीलाई कार्यवाहक सुम्पिएका छन् । अध्यक्षले लामो समय विदेशमा बिताउँदा गाउँपालिकाका कामकाज प्रभावित भएको स्थानीय बताउँछन् । कार्यवाहक अध्यक्ष दवाडी भने खासै अप्ठेरो नपरेको बताउँछिन् । ‘म्यासेन्जरमा कुराकानी भइरहन्छ,’ उनले भनिन, ‘ठूलो केही गर्न पर्‍यो भने सल्लाह गरिन्छ ।’ नियमित काम नरोकिएको उनको दाबी छ ।

कार्यवाहक अध्यक्ष र उपाध्यक्षको दोहोरो भूमिका निभाउँदा कामको चाप केही बढी भएको उनले स्विकारिन् । ‘दुवै भूमिकामा हुँदा कामको चाप हुनु स्वाभाविक हो,’ उनी भन्छिन्, ‘उपाध्यक्ष भएर गर्नुपर्ने योजनाको अनुगमन केही कम भएको छ ।’ अध्यक्ष गुरुङ आयोजककै खर्चमा विदेश गएको गाउँपालिकाका सूचना अधिकृत हरिलाल आचार्यले बताए । कास्कीका प्रदेश सांसद मनबहादुर गुरुङ पनि उक्त तालिममा अध्यक्ष कर्णबहादुरसँगै सहभागी छन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।