७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

साइबर आक्रमण : छैन ठगीको सूचना प्रणाली

साइबर आक्रमण : छैन ठगीको सूचना प्रणाली
अ+ अ-

काठमाडौं । नेपाली बैंक तथा वित्तीय संस्थासँग साइबर आक्रमणबाट हुने ठगिको सूचना दिने प्रणाली नभएको विज्ञहरूले बताएका छन्। यसले गर्दा यस्ता साइबर हमलाको जोखिम बढ्दै गएको उनीहरू बताउँछन्।

स्मार्ट चोइस टेक्नोलोजी (एससीटी) का वरिष्ठ प्रबन्धक दिपेश मास्के भन्छन्, ‘विदेशतिर निकै प्रयोग हुने ठगी व्यवस्थापन प्रणाली हामीसँग भइदिएको भए एटीएम चोरीको जानकारी प्रणीले नै दिन्थ्यो। तर, त्यसो नहुँदा हामी सुरक्षा गार्डमा भर पर्नुपरेको छ।’ नेपालमा १० वाणिज्य बैंक, ६ विकास बैंक, ११ वित्त कम्पनी र पाँच दर्जन सहकारीसंस्थालाई डेबीटकार्ड सेवा दिइरहेको एससीटीका प्रबन्धकले हालैमात्र राष्ट्र बैंकले चालेको कदमको भने आलोचना गरेका छन्।

एटीएम मेसिनबाट पैसा झिक्ने सीमा घटाउने राष्ट्र बैंकको निर्णयले सर्वसाधारणलाई असुविधा दिनेभन्दा बढी केही काम नगर्ने बताए। ‘कति पैसा दिने भन्ने स्विच सर्भरले निर्धारण गर्छ तर अहिलेको घटनामा स्विच सर्भरसम्म कारोबारको जानकारी नै पुगेको छैन। यस्तो अवस्थामा पैसा कति झिक्न पाउने भन्ने विषयले खासै अर्थ राख्दैन’, उनले भन। बरु राष्ट्र बैंकले नेपाली नेटवर्कभित्र हुने कारोबारको विवरण नेपालबाहिर जान नदिने नियम ल्यायउनुपर्ने उनी बताउँछन्। अहिले बैंकको कारोबारको विवरण नेपाल बाहिर रहेको भिसाको सर्भरमा ‘राउट’ हुने व्यवस्था छ। यसले गर्दा भिसा र नेप्सको स्विचको बीचमा नक्कली स्वीकृति (प्रोक्सी अथोराइजेसन) गरेर साइबर हमला भएको उनी बताउँछन्।

साइबर सुरक्षाका जानकार नारायण कोइराला यसरी सूचना दिने प्रणाली त टाढाको कुरा, एटीएम बुथमा राखिएका सीसीटीभी क्यामेराको एकीकृत अनुगमन गर्ने व्यवस्थासमेत धेरै बैंक तथा वित्तीयसंस्थासँग भएको बताउँछन्। बैंकका शाखाहरुले राखेको एटीएमको डिजिटल अनुगमन गर्ने प्रणाली ती शाखामा मात्रै हुँदा जोखिम बढेको उनी बताउँछन्। ‘केही वर्ष पहिले त तस्वीर नै नबुझिने खालका क्यामेरा थिए’, उनी भन्छन्, ‘अहिले बढी चहलपहल हुने ठाउँमा स्तरीय क्यामेरा राखे पनि त्यसको केन्द्रिकृत अनुगमन प्रणाली तयार पार्न सकिएको छैन।’

एनपी–सर्टलगायत साइबर सुरक्षामा क्रियाशील कम्पनीले आइतबार राजधानीमा आयोजना गरेको ‘नेपालमा बढ्दो एटीएम हमला र साइबर सुरक्षा’ विषयक अन्तरक्रियामा सहभागी विज्ञले विगतको तुलनामा नेपालले साइबर सुरक्षामा प्रगति गरेको भए पनि अझै कमजोर अवस्थामै रहेको टिप्पणी गरे। ठूला घर, कार्यालयको भव्य सजावट र महँगा गाडीमा खर्च गर्ने बैंकले सूचना प्रविधिमा भने चाहेजति खर्च बढाउन नसकेको उनीहरूको तर्क छ। जसरी पनि चलाउने, तर सुरक्षाको ख्याल नगर्ने प्रबृत्तिले जोखिम निम्त्याइरहेको उनीहरू बताउँछन्।

साइबर सुरक्षाका जानकार एवम् एनपी–सर्टका वरिष्ठ उपाध्यक्ष प्रमोद पराजुली खरिदसम्बन्धी विद्यमान व्यवस्थाले पनि जोखिम बढाएको बताउँछन्। ‘उस्तै प्रकृतिको सामान छ भने सबैभन्दा सस्तो चाहिँ किन्नु भन्ने कानुनी व्यवस्थाले ठूलो जोखिम निम्त्याएको छ’, उनी भन्छन्। उनले जोखिमको शंका वा सूचना पाए तत्काल अरुलाई जानकारी दिने प्रबृित्त विकास गर्नेपर्ने बताए। सम्भावित आक्रमणको जोखिम घटाउने र सूचना प्रणालीलाई व्यवस्थित गरेर ‘साइबर हाइजिन’ परिपाटीको विकास गर्नुपर्ने उनी बताउँछन्।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।