७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

नेत्र विशेषज्ञ डाक्टरलाई पनि डेंगु

नेत्र विशेषज्ञ डाक्टरलाई पनि डेंगु
अ+ अ-

काठमाडौँ । नेत्र विशेषज्ञ प्रा.डा.सन्दुक रुइत तीन दिनयता अस्पतालमा छन् । अघिपछि पनि काम गर्ने र पढाउने अस्पताल भने होइन । डेंगुको संक्रमणले आफैं बिरामी परेर थापाथलीको नर्भिक अस्पतालमा उनी भर्ना भएका हुन् । उनलाई डेंगु पनि अस्पतालमा रहँदा भएको होइन । घरैमा उनीसहित रुइत परिवारका तीन जनालाई डेंगुको संक्रमण भएको हो ।

‘डेंगुको अवस्था भयावह भएर आयो,’ उनले भने, ‘डेंगु फैलाउने लामखुट्टे मास्ने अभियान प्रभावकारी रूपमा चलाउन ढिला गरे झन् गाह्रो हुन्छ ।’ सञ्चारमाध्यममा आएका डेंगु संक्रमितको संख्याभन्दा दोब्बर बिरामी हुन सक्ने उनले बताए । पछिल्लो समय देशव्यापी रूपमै डेंगु संक्रमण बढेको अवस्थामा बिरामी पर्नेमा डा। रुइत एक्ला स्वास्थ्यकर्मी होइनन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका गरेर आइतबारसम्म १० स्वास्थ्यकर्मी डेंगु संक्रमित भई उपचार गराइरहेका छन् । केही उपचारपछि निको भएका छन् । अस्पतालमा कार्यरत र बाहिरका स्वास्थ्यकर्मीलाई संक्रमणबाट बच्न र बचाउन सचेत गराइएको निर्देशक डा. वासुदेव पाण्डेले बताए । ‘स्वास्थ्यकर्मी नै बिरामी परेपछि सर्वसाधारणमा पनि त्रास बढ्नु अस्वाभाविक होइन । जोगिने उपायबारे नियमित बताइरहेका छौं,’ उनले भने, ‘सकेसम्म शरीर पूरै ढाक्ने कपडा लगाउन र सरसफाइमा विशेष ध्यान दिन जरुरी छ ।’

स्वास्थ्य सेवा विभाग र टेकु अस्पतालको परिसरमै डेंगु संक्रमित लामखुट्टेको अन्डा र लार्भा भेटिएपछि सातायता नियमित सरसफाइलाई तीव्र बनाइएको छ । खाल्डाखुल्डीमा जमेको पानी हटाउने, झाडी फाँड्ने र रूखका हाँगासमेत काटेर सकेसम्म लामखुट्टे बस्ने वातावरण नाश गरिएको छ । अझै पनि अस्पताल परिसर सफा र व्यवस्थित देखिँदैन । पानी पर्नासाथ खाल्डाखुल्डी भरिन्छन् र लामखुट्टेको बासस्थान बन्छ ।

उपचारका क्रममा स्वास्थ्यकर्मी बिरामीको वरिपरि भइरहने भएकाले उनीहरू संक्रमणको उच्च जोखिममा हुने बताउँदै डा. पाण्डेले लामखुट्टे नछिरोस् भनेर झ्यालमा जाली लगाउने, प्वाल टाल्ने र शौचालय सफा गरिरहने काममा ध्यान दिइएको बताए ।

वार्डहरू अँध्यारो हुने र घामको प्रकाश कम छिर्ने भएकाले पनि अस्पताल परिसर बढी जोखिम भएको उनको तर्क छ । संक्रमितलाई टोकेको लामखुट्टेले सकभर अस्पतालमा आउजाउ गर्नेलाई रोग नसारोस् भनेर बिरामीलाई झुलभित्र राखेर उपचारथालिएको छ ।

३५ शय्यामा झुल टाँगिए पनि अस्पतालले सबै शय्याका लागि पर्याप्त हुनेगरी व्यवस्था गरेको छैन । डेंगु संक्रमित १३ जिल्लाका बिरामी भर्ना छन् । बिरामीमध्ये काठमाडौं, धादिङ र चितवनका धेरै छन् । डेंगुका बिरामीका लागि दुईवटा वार्ड नै छुट्ट्याइएको छ । टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार र संक्रमित भएको शंकामा परीक्षण गराउन आउनेको दिनहुँ भीड छ ।

‘भीडले गर्दा बिरामीहरू बहिरंग विभागको टिकट काटेको करिब ३ घण्टापछि मात्र जँचाउने पालो पाइरहेका छन्,’ डा.शेरबहादुर पुनले भने, ‘आइतबार मात्रै ओपीडीमा चार सय जनाभन्दा बढीले जँचाएका छन् ।’ अस्पताल आइपुग्ने अधिकांश ज्वरोले थलिएर जीउ चिलाउँदै र आँखाको गेडी आदि दुख्ने लक्षणसहित आइरहेका छन् । अस्पतालमा हाल डेंगुका ६० बिरामी भर्ना भएर उपचार गराइरहेको उनले बताए । उपचारका लागि आउनेमा एउटै परिवारका आमा, बुबा र छोराछोरीसमेत छन् ।

डेंगुले हालसम्म चार जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उपचार र नियन्त्रण प्रक्रियामा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण रहेको स्वास्थ्य सचिव डा।पुष्पा चौधरीले बताइन् । ‘जनदबाबका कारण स्थानीय सरकार सबैले देख्ने धूवाँ उडाउने ९फगिङ० गर्दै छन्, त्यो प्रभावकारी देखिएन,’ उनले भनिन्, ‘लामखुट्टे, त्यसको फुल र लार्भा खोजेर नष्ट गर्ने काम प्रभावकारी तरिकाले गर्नुपर्छ ।’ लामखुट्टेविरुद्ध फगिङ कतिपय मुलुकमा प्रतिबन्धितसमेत रहेको उनले बताइन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।