७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

उपत्यकामा तपाई जेब्राक्रस गर्दै हुनुहुन्छ ! होसीयार, ज्यानै जान सक्छ

उपत्यकामा तपाई जेब्राक्रस गर्दै हुनुहुन्छ ! होसीयार, ज्यानै जान सक्छ
अ+ अ-

भक्तपुर । सूर्यविनायक–५ घलाते चोकमा तीव्र गतिमा हुँइकिएको मोटरसाइकलको ठक्करले जेब्राक्रसबाट सडक पार गरिरहेका एक बालकको मृत्यु भयो । प्रहरीका अनुसार गत साउन ११ मा काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा९५प ९४३५ नम्बरको मोटरसाइकलको ठक्करले सिन्धुपाल्चोक चौतारा नगरपालिका गैरीगाउँका ९ वर्षीय दीप श्रेष्ठको मृत्यु भएको हो ।

बालकको घटनास्थलमै मृत्यु भएको थियो । ट्राफिक नियमको उल्लङ्घन गरी जेब्राक्रसमै सवारी दुर्घटना गराउने काठमाडौं महानगरपालिका–५ हाँडीगाउँका १९ वर्षीय दिपेन श्रेष्ठलाई जिल्ला अदालत भक्तपुरले पुर्पक्षका लागि थुनामा पठाएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए ।

त्यसैगरी, साउन १९ मा सूर्यविनायक गुण्डुबाट भक्तपुरतर्फ जेब्राक्रस भएर सडक पार गर्ने क्रममा रत्नमाया शिल्पकारलाई मोटरसाइकलले ठक्कर दियो । दुई दिनपछि उपचारकै क्रममा शिल्पकारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनलाई ठक्कर दिने मोटरसाइलक चालक सिन्धुपाल्चोक बाह्रबिसेका विकास पराजुलीलाई जिल्ला अदालत भक्तपुरले १ लाख २० हजार रुपैयाँ धरौटीमा रिहा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यी दुई घटना त उदाहरण मात्र हुन् । साना तथा ठूला सवारी चालकको लापरबाहीका कारण जेब्राक्रसबाट यात्रा गरी रहेका पैदलयात्रु जोखिममा परेका थुप्रै घटना छन् । प्रहरीका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ को करिब डेढ महिनामा भक्तपुरमा २ सय २४ सानारठूला दुर्घटनाको तथ्यांक छ ।

जसमध्ये २ चालक, ३ यात्रु र २ जनाले जेब्राक्रसबाट सडक पार गर्ने क्रममा ज्यान गुमाएको तथ्यांक प्रहरीसँग छ । गत आर्थिकवर्ष ०७५/७६ मा जिल्लामा १ हजार २ सय २१ साना तथा ठूला सवारी साधन दुर्घटना भएको छ । जसमध्ये ४६ जनाले ज्यान गुमाएको प्रहरी प्रवक्ता डीएसपी पोखरेल बताउँछन् । ज्यान गुमाउनेहरूमा १५ चालक, १२ यात्रु र १९ पैदलयात्रु छन् भने पैदलयात्रुको पनि अधिकांशको सवारी साधनले जेब्राक्रसमै ठक्कर दिएर मृत्यु भएको घटना बढी रहेको उनले बताए ।

सडकभरि अटेस–मटेस कुदिरहेको सवारी साधन र ध्वनि प्रदूषणले पैदलयात्रु आक्रान्त छन् । ठाउँठाउँमा भएका आकासे पुलले पैदलयात्रुलाई बाटो काट्न केही सजिलो र सुरक्षित बनाए पनि धेरैजसो ठाउँमा सवारी साधनको चापले वल्लो छेउबाट पल्लो छेउ पुग्न हम्मे पर्छ ।

बाटो काट्न सजिलोका लागि जेब्राक्रस भए पनि चालकले बेवास्ता गर्दै पैदलयात्रुलाई अझ उछिन्दै सवारी साधन कुदाउँदै लाने चलन छ । ट्राफिक प्रहरी भएका ठाउँमा बटुवालाई बाटो काट्न सजिलो हुन्छ तर सबै जेब्राक्रसतिर ट्राफिक प्रहरी उभिएका हुँदैनन् अनि यहाँका अधिकांश चालक नियमभित्र रहेर सवारी साधन चलाउँदैनन् ।

साधनका चालकले पैदलयात्रुको झुन्डलाई बेवास्ता गर्दै गाडी तीव्र गतिमा हाँकेको देखिन्छ । विशेष गरी उपत्यकाको बाटो साँघुरो र बिग्रिएका कारणले भन्दा पनि सडकभरि अव्यवस्थित तरिकाले छरिएर गुडिरहेका सवारी साधनको अत्यासलाग्दो चाप र एकअर्कालाई उछिन्ने उद्देश्यले चलाइने गरिएको कारणले सवारी साधन दुर्घटना हुने गरेको पाइन्छ ।

यसै क्रममा चालक र सवारी साधनबाट यात्रा गरिरहेका यात्रु मात्र नभई सडकमा हिँडिरहेको निर्दोष बटुवासमेत मृत्युको मुखमा पर्ने गरेको प्रहरीको भनाइ छ ।

खासगरी सवारी चालकले ट्राफिक नियम पालन गर्न नचाहने र मौका पाउनेबित्तिकै हुइँकाउने प्रवृत्तिले दुर्घटना बढेको भक्तपुर प्रहरी प्रमुख एसपी सबिन प्रधान बताउँछन् । ‘पैदलयात्रुले पनि आकासेपुल र जेब्राक्रस प्रयोग नगरी जथाभाबी सडकमा बाटो काट्नु भनेको ट्राफिक नियमविपरीत हो,’ उनले भने, ‘जेब्राक्रसबाट सडक पारगरिरहेका पैदलयात्रुले सवारीसाधनको गतिलाई ध्यान नदिई मोबाइलमा कुरा गरेर बाटो काट्ने प्रवृत्तिले दुर्घटना निम्त्याउँछ ।’

सवारी साधन वा सडक दुर्घटनाको सिकार सधैं चालकको गल्तीले मात्र नभई अन्य चालकको गल्ती वा लापरबाहीले पनि हुने गरेको उनी बताउँछन् । ‘सबै चालक बेहोसी र लापरबाही पनि हुँदैनन्, सवारी साधनका चालक जोकोहीले पनि सधैं होसियारका साथ ट्राफिक नियम पालन गरे भवितव्यबाट हुनेबाहेक सितिमिती सडक दुर्घटना नै हुने थिएन,’ उनले सुझाव दिँदै भने, ‘सवारी चालक होस् वा पैदलयात्रु, सबैले जेब्राक्रसमा रोकिएर, दायाँबायाँ हेरेर मात्र सवारी हाँक्ने र सडक पार गर्ने गर्नुपर्छ ।’

सडक दुर्घटनाको मुख्य कारण चालकको लापरबाही मात्र पनि होइन । दुर्घटना न्यूनीकरणका लागि समुदायको चासो नहुनु र सडकको बनावट (निर्माण) पनि गलत भएको एसपी प्रधानको भनाइ छ । ‘नयाँ सडक निर्माण गर्दा सडक पेटीसहितको हुनुपर्छ,’ उनले भने, ‘हाम्रो बानी ठीक छैन, भएको सडक पेटीलाई व्यापारिक स्थल बनाउँछौं, अतिक्रमण गर्छौं ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।