७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

७८ रुपैयाँ मिलाउन राज्यकोषको २३ हजार खर्च

७८ रुपैयाँ मिलाउन राज्यकोषको २३ हजार खर्च
अ+ अ-

धनकुटा । एक सरकारी कार्यालयको बैंक खातामा रहेको ७८ रुपैयाँ मिलाउन राज्यकोषको २३ हजार रुपैयाँ खर्च भएको छ । खातामा रहेको रकम शून्य गराउन कार्यालयले कर्मचारीलाई जहाज चढाएर दैनिक भत्तासमेत दिएर मन्त्रालय पठाउँदा त्यति खर्च भएको हो ।

तत्कालीन पशु सेवा कार्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक धनकुटाको खातामा ७८ रुपैयाँ बाँकी थियो । नयाँ संरचनामा गएपछि गत मंसिरदेखि उक्त कार्यालयको नाम भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रमा परिणत भएको छ ।

नाम परिवर्तन भएपछि पहिलेको बैंक खातामा रहेको सबै रकम शून्य भए मात्र बैंक खाता सञ्चालन गरिने कोष तथा लेखा नियन्त्रण कार्यालयबाट दबाब आएपछि कार्यालयले कर्मचारी काठमाडौं पठाएको हो ।

खातामा रहेको रकम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय तथा विभागबाट सहज रूपमा मिलाउन ध्यान नदिंदा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अधिकृतस्तरको एक कर्मचारीलाई खटाएको स्रोतले जनायो । गत असार अन्तिम साता कोष तथा लेखा नियन्त्रण कार्यालयले केन्द्रको खातामा ७८ रुपैयाँ रहेको थाहा पाएपछि तत्काल शून्य गर्न दबाब दिएको पशुविज्ञ केन्द्रका प्रमुख डा। शिवजीप्रसाद दासले बताए ।

‘कार्यालयको बैंक खाता नै रोक्का हुने भएपछि हतारमा मन्त्रालयमा कर्मचारी पठाउनुपरेको हो’, उनले भने, ‘७८ रुपैयाँका लागि प्लेन भाडा र डिए ९दैनिक भत्ता० खर्चिंदा २३ हजार रुपैयाँ खर्च पो भयो ।’ पशुविज्ञ केन्द्रले शाखा अधिकृत दुर्गा सुवेदीलाई नयाँ आर्थिक वर्ष सुरु हुने तीन दिनअघि हतारमा खटाएको थियो । हतार गरेर जानुपर्दा काठमाडौं जाँदा ५ हजार २ सय र फर्कंदा ७ हजार ५ सय रुपैयाँको जहाज भाडा, दैनिक १६ सयको दरले भत्ता, गाडी तथा खाना लगायतको जम्मा २३ हजार खर्च भएको कार्यालयले जनाएको छ ।

लगातारको वर्षाका कारण पहिरो जाँदा राजमार्ग बन्द भएको र समय छोटो भएकाले हतारमा प्लेनको विकल्प नै नभएको शाखा अधिकृत सुवेदीले बताए । कार्यालयको नाममा रहेको बैंक खातामा पशुसम्बन्धी घुम्ती कोषको रकम ७८ रुपैयाँ बाँकी रहेको उनले जानकारी दिए । रकम थोरै भए पनि मन्त्रालयले मात्र मिलाउन सक्ने भएकाले धाउन बाध्य भएको उनको भनाइ छ ।

कोलेनिकाले जानकारी दिनुअघि उनले बैंक खातामा रकम कति थियो भन्नेबारे आफू जानकार नभएको कार्यालय प्रमुख दासले बताए । एक वर्षमा चार जना लेखापाल परिवर्तन भएकोले खातामा रहेको रकमबारे अलमल परेको दाबी गरे ।

मंसिरमा परिवर्तन भएको कार्यालयले ७ महिनाको अवधिभित्र खाता शून्य गर्नुपर्नेमा ढिलासुस्ती गर्दा बढी खर्च व्यहोर्नुपरेको कोष तथा लेखा नियन्त्रक नरेश खरेलको भनाइ छ । पशु सेवा विज्ञ केन्द्रले समयमा काम नगर्दा राज्यको लागत बढेको छ, उनले भने, गत मंसिरदेखि नयाँ संरचनामा गएको कार्यालयले किन अन्तिम समयसम्म खाता शून्य गर्न चासो दिएन भन्ने कुरा जटिल हो ।

आर्थिक वर्षको अन्तिम क्षणमा मन्त्रालयमा पनि कामको बोझले उक्त काममा चासो नदिएको हुन सक्ने उनको तर्क छ । समयमा ध्यान गएको भए खर्च बिना नै काम सल्टिन्थ्यो, उनले भने, राज्यकोषको व्ययभार बढी हुने भएपछि मन्त्रालय तथा विभागले पनि त्यसतर्फ चासो दिनुपर्थ्यो । कतिपय कार्यालयको सम्बन्धित विभागले नै क्लियर गरिदिंदा जटिलता भएन ।

पशुसम्बन्धी घुम्ती कोषको रकम भएकाले कार्यालयको अर्को खातामा कोलेनिकाले उक्त ७८ रुपैयाँ सार्न नसकिएको जनाएको छ । मन्त्रालयबाटै समाधान गरिनुपर्ने विषय भएकोले बेलैमा सोचिनु पर्नेमा अन्तिम क्षणमा हतारिंदा राज्यकोषको व्ययभार बढेको कोष प्रमुख खरेल बताउँछन् ।

यसैबीच, तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयको नामको बैंक खातामा पनि यस्तै समस्या रहेको थियो । शिक्षा विकास निर्देशनालयका रूपमा परिवर्तित भएपछि पुराना कार्यालयको बैंक खाता शून्य गर्नुपर्ने कोलेनिकाले जनाएको छ । उक्त कार्यालयको खातामा ७२ हजार रुपैयाँ बाँकी थियो ।

तर कार्यालयको अरू थप कामको सिलसिलामा मन्त्रालय जानेक्रममा बैंक खाताको कामसमेत टुंग्याएको निर्देशनालयका उपसचिव कृष्ण पोखरेलले जानकारी दिए । खाताको कामका लागि मात्र खर्च नभएको उनको दाबी छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।