१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

इरानले युरेनियम प्रवर्द्धनका लागि प्रक्रिया सुरु गर्‍यो

इरानले युरेनियम प्रवर्द्धनका लागि प्रक्रिया सुरु गर्‍यो
अ अ+ अ-

काठमाडौं । इरानले उच्च स्तरमा प्रवर्द्धित (हाई–इनरिच्ड) युरेनियम प्रवर्द्धनका लागि प्रक्रिया सुरु गरेको जनाएको छ ।

इरानी परमाणु निकाय प्रमुख बेहरूज कमलभन्दीका अनुसार त्यस्तो युरेनियम उत्पादनका लागि प्रयोग हुने तीव्र गतिको सेन्ट्रिफ्युज विकास सुरु भइसकेको जनाए ।उनका अनुसार इरानी कदम जवाफी रहेको र सम्झौताका पक्षराष्ट्रहरूको प्रक्रियाका आधारमा थप निर्णय गरिनेसमेत जनाएका छन् ।

सन् २०१५ को सम्झौताअनुसार इरानलाई ३ सय केजीसम्म लो–इनरिच्ड (निम्नस्तरमा प्रवर्द्धित) युरेनियम भण्डारणको अनुमति दिइएको थियो तर इरानले यसअघि नै उक्त प्रावधान उल्लंघन गर्दै युरेनियमको मात्रा बढाउन थालेको पश्चिमा देशको दाबी छ ।

विज्ञहरूका अनुसार इरानले क्रमशः २०५ शुद्धताको युरेनियम प्रशोधन गर्ने गरेको र त्यो बम बनाउने अग्रसरता भएको भनाइ छ । परमाणु ऊर्जा उत्पादन गर्न प्रयोग हुने निम्न स्तरमा प्रवर्द्धित युरेनियमको शुद्धता भने ३.५ प्रतिशत हुन्छ ।परमाणु अस्त्र बनाउन प्रयोग हुने उच्चस्तरमा प्रवर्द्धित युरेनियममा भने यसको मात्रा कम्तीमा ९० प्रतिशत हुनुपर्छ । इरानले भने आफूले गैरसैनिक प्रयोजनका लागि मात्र परमाणु कार्यक्रम सञ्चालन गर्दै आएको बताउने गर्छ ।

यसअघि इरानी राष्ट्रपति हसन रौहानीले आफ्नो देशको परमाणु अनुसन्धान र विकासलाई सीमित बनाउन पहिला गरिएका सबै सहमति भंग गर्ने घोषणा गरेका थिए ।रौहानीले त्यस्तो कदम निकै अप्रिय हुने र त्यसको प्रभाव पनि विशाल हुने छ ।

पछिल्लो कदमसँगै इरानले सन् २०१५ मा अरू शक्तिशाली राष्ट्रसँग गरेको परमाणु कार्यक्रम सीमित राख्ने सम्झौताको औचित्यसमेत सकिएको घोषणा गरेको छ । अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, चीन र रूस उक्त सम्झौताका पक्ष राष्ट्र हुन् । तर गत वर्ष अमेरिकाले उक्त सम्झौताबाट अलग भएको घोषणा गर्दै इरानमाथिका आर्थिक प्रतिबन्ध कडा पारेको थियो । त्यसको प्रतिक्रियास्वरूप गत जुलाईमा इरानले परमाणुसम्बन्धी दुइटा महत्त्वपूर्ण प्रतिबद्धता परित्याग गरेको थियो ।