२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि काठमाडौंमा बिजुलीबाट चल्ने बस गुड्दै, यस्तो छ रुट



अ+ अ-

काठमाडौं । आज (सोमबार)देखि काठमाडौंमा बिजुलीबाट चल्ने बस गुड्दै छ । निजी क्षेत्रको सुन्दर यातायातले शुरुमा चारवटा बिजुलीबाट चल्ने बस सञ्चालनमा ल्याउने भएको हो ।

आज दिउँसो भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बिजुली बस शुभारम्भ गर्नेछन् ।यो निजि क्षेत्रबाट पहिलो पटक बिजुली बस गुड्ने भएको हो । योभन्दा अघि बिजुलीबाट चल्ने बस सरकारी स्वामित्वको ट्रली बस थियो ।

सुन्दर यातातातका अनुसार बस ४० सिटे र ३५ सिटे गरी दुई प्रकारको छ । ४० सिटे बसमा ४० जनाले बेसर यात्र गर्न सक्नेछन् भने ३० जनाले उभिए यात्रा गर्न मिल्ने बताइएको छ ।
त्यस्तै ३० सिटे बसमा ३० जनाले बसेर र २५ जनाले उभिएर यात्रा गर्न सक्ने सुन्दर यातातातले जनाएको छ ।

कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ । बसमा यात्रुको चाप नहुने भागमा आरक्षण सिट राखिएको छ । बसमा सीसी क्यामेराको, जीपीएस ट्रयाकिङ, एयरकण्डिसनको सुविधा पनि छ, यसले यात्रुमैत्री बनाउने सुन्दर यातायातले जनाएको छ ।

यस्तो छ रुट

सुन्दर यातायातका विद्युतीय बस पहिलो चरणमा ५ रुटमा गुड्ने छन् । पहिलो रुटमा बसहरुले चक्रपथ परिक्रमा गर्नेछन् । दोस्रो रुटमा नारायणथान, जावलाखेल–मेडिसिटी अस्पताल पुग्नेछन् ।

तेस्रो रुटमा गोगंवु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछन् । चौथो रुट अन्तर्गत ढुंगेअड्डा–कलंकी–त्रीपुरेश्वर–वीर अस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशला–चावहिल–बौद्ध–जोरपाटीस्थित अत्तरखेलसम्म पुग्नेछन् ।

त्यसैगरी अन्तिम रुट सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमल रहेको छ ।