२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोक सेवा आयोगका पूर्व अध्यक्ष राईको ८४ वर्षको उमेरमा निधन



अ+ अ-

ललितपुर । लोक सेवा आयोगका पूर्व अध्यक्ष सन्तबहादुर राईको ८४ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका राईको उपचारका क्रममा सोमबार बिहान निधन भएको हो ।

संखुवासभाको पामा गाउँमा विक्रम संवत १९९३ सालमा जन्मनु भएका राईले दार्जीलिङ तथा अमेरिकाको मिचिगन विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त गरेका हुन् । उनि २०१८ सालमा सरकारी सेवामा प्रवेश गरेका हुन् ।

त्यसपछि उनि २०२६ सालमा पाँचथर जिल्लाको प्रमुख जिल्ला अधिकारी भएका थिए । त्यसपछि उनि २०४१ सालमा नेपाल सरकारको सचिव थिए । २०४८ सालमा लोक सेवा अयोगको सदस्यमा नियुक्त भएका राई २०५१ सालपछि लगातार दुई कार्यकाल अध्यक्ष भए ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।