१ पुष २०८२, मंगलवार
,
Latest
आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ फिल्मबारे साहरुख भन्छन्, ‘मैले लेखेपछि मात्र विश्वास गर्नुहोस्’



अ+ अ-

बलिउड नायक साहरुख खानको विषयमा धेरै समाचारहरु आइरहेका हुन्छन् । उनको नयाँ चलचित्रको विषयमा पनि मिडियामा धेरै गसिपहरु बनिरहेका छन् । राजकुमार हिरानीको चलचित्रदेखि संजयलीला भन्साली र अली अब्बास जफरको चलचित्रमा समेत साहरुखको नाम जोडिएको छ ।

पछिल्लो समय साहरुखले यशराज ब्यानरको नयाँ चलचित्रमा काम गर्न लागेको खबर पक्का भन्दै सार्वजनिक भएको थियो । तर, साहरुखले यसलाई नकारेका छन् । उनले आफ्नो अफिसियल ट्विटरमा ट्विट गर्दै साहरुखले आफू अहिलेसम्म कुनै पनि चलचित्रमा अनुबन्धित नभएको खुलाएका छन् ।

उनले लेखेका छन्, ‘मैले मेरो अनुपस्थितीमा वा गुप्त रुपमा कति वटा चलचित्र साइन गरिसकेछु, जुन मलाई नै थाहा छैन ।’ साहरुखले आफूले भनेपछि मात्र विश्वास गर्न पनि फ्यानहरुलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्–‘म जब यो चलचित्र गर्छु भनेर भन्छु अनी मात्र त्यसलाई पत्याउनु होला । नत्र, अरु सबै हल्ला मात्र हुन् ।’