२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुर्किना फासोमा आतङ्ककारी आक्रमण, २९ जनाको मृत्यु



अ+ अ-

बुर्किना फासो । उत्तर फुर्किना फासोमा आइतबार भएका दुई ओटा आतङ्ककारी आक्रमणमा परी २९ जनाभन्दा बढीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले सोमबार जनाएका छन् । दुबै आक्रमण उत्तर प्रान्तमा सनमाटेनगामा भएको थियो । पहिलो आतङ्ककारी आक्रमण सर्वसाधारण चढेको एक यात्रुबाहक बसमा भएको थियो ।

यस आक्रमणमा परी १५ जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका थिए । सोही समयमा खाद्यान्न बोकेको एक साइकल यात्रीलाई लक्ष्य गरी गरिएको आतङ्ककारी आक्रमणमा परी १४ जनाको मृत्यु हुनुको साथै अन्य छ घाइते भएका थिए । सरकारले यस्ता घटनाहरू दोहोरिन नदिन कदम चाल्ने शपथ लिनुको साथै सैनिक परिचालन बढाएको छ ।

सन् २०१५ यता बुर्किना फासो आतंङ्कवादी हमलाहरूमा ५०० भन्दा बढीको मृत्यु भइसकेको छ । यी आतङ्ककारी आक्रमणका कारण २ लाख ८० हजार भन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।
केही दिनअघि पनि बुर्किना फासोको सैनिक शिविरमा भएको आक्रमणमा परी कम्तीमा २४ जनाको मृत्यु भएको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले जारी गर्नुभएको वक्तव्यमा सर्वसाधारणलाई लक्षित गरी पछिल्ला समयमा भइरहेका जथाभावी आक्रमणको निन्दा गर्दै घटनाका दोषीमाथि कडा कानुनी कारबाही गर्न अपिल गरेका छन् ।