२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई आक्रमणमा परी १८ जनाको मृत्यु



अ+ अ-

बेरुत । पूर्वी सिरियामा इरान समर्थक सेना र नागरिक सेना आखाडालक्षित भएको हवाई आक्रमणमा परी १८ लडाकू मारिएका सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारवादी समूहले जानकारी दिएको छ । इराकको सिमानानजिकै अल–बुकामाल सो आक्रमण भएको बेलयतसँगआवद्ध सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।

यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

सो युद्धमा अल–कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूह हाबी हुँदै गयो । सो आन्दोलनका परी सो समयदेखि हालसम्म ३ लाख ७० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यस द्वन्द्वमा परी लाखौं व्यक्ति घाइते भएका छन् भने लाखौं आफ्नै देश र विदेशमा शरण लिएर बस्न बाध्य भएका छन् ।