२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाझ्दा कप: उज्वेकिस्तानसँग नेपाल २–० ले पछि



अ+ अ-

काठमाडौं । किर्गिस्तानमा जारी नाझ्दा कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपाली महिला टोली अहिले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। ६३ औं मिनेटको खेल चलिरहँदा नेपाल २–० ले पछि छ । पहिलो हाफमा नेपाल १–० ले पछि परेको नेपालले दोस्रो हाफको केहिबेर पछि नै अर्को गोल खाएको हो ।

उज्वेकिस्तान महिला टोलीले ३४औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। नेपाली महिला टोलीले अर्को गोल ५१औं मिनेटमा खाएको हो । यसअघि आइतबार भएको खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोल अन्तरले पराजित गरेको थियो। उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० ले पराजित गरेको थियो।

गोल अन्तरका आधारमा नेपाल दोस्रो स्थानमा रहेको छ। चार टोली सम्मिलित प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन्।