२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब कांग्रेसमा नेतृत्व हस्तान्तर होइन पुस्तान्तरण हुनेछ: युवा नेता गुरुङ्ग



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङ्गले आगामी महाधिवेशनबाट पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने दावी गरेका छन् । केन्द्रीय सदस्य गुरुङ्गले भने– ‘अब कांग्रेसमा नेतृत्व हस्तान्तर होइन पुस्तान्तरण हुनेछ ।’

नेतृत्वको कमजोर भूमिकासँग असन्तुष्ट नेता गुरुङ्गले चेतावनीको शैलीमा भने,‘महाधिवेशन आउन त दिनोस् न,हामी देखाईदिन्छौं ।’ उनले भने–‘विश्वप्रकाशजीको डबल रोल छ,उहाँ पार्टीको प्रवक्ता भएपनि हाम्रो अभियानबाट टाढा हुनुहुन्न,सबैजना क्रियाशील नै छौं ।’

कुनैबेला पार्टीमा संगठित रुपले अभियान संचालन गर्नेमध्येका अगुवा गुरुङ्ग आफू त्यसमा पहिले जस्तै क्रियाशील रहेको दावी गर्छन् । अभियन्तामध्येका एक युवा नेता विश्वप्रकाश शर्मा प्रवक्ताको भूमिकामा सरेपछि दवाव समूह जसरी चलाईएको अभियान शिथिल भएको हो कि भनी सोधिएको प्रश्नमा नेता गुरुङ्ग त्यसलाई अस्वीकार गर्छन् ।