२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानी तेल ट्याङ्कर खरिद गर्ने जो कोहीमाथि प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय प्रतिबन्धको अवज्ञा गर्दै इरानी तेल सिरिया पुर्‍याउने प्रयास गरिरहेको एउटा ट्याङ्करले आफ्नो कार्गो विक्री गरेको इरानले जनाएको छ।

उक्त जहाज अमेरिका–इरान कूटनीतिक तनावको केन्द्रमा रहिआएको छ।गत जुलाईमा ब्रिटिश जलसैनिकले जिब्राल्टारमा उक्त जहाजलाई नियन्त्रणमा लिएका थिए र इरानले सिरिया नपठाउने आश्वस्त नपारेसम्म अगस्ट १५ सम्म त्यसलाई नियन्त्रण मुक्त गरिएको थिएन।

एड्रिआन डारिया–१ नामक जहाज शुक्रवार सिरियाली तटीय क्षेत्रतर्फ गएको देखिएको भूउपग्रहबाट प्राप्त तस्बिरमा देखिन्छ।तर इरानी विदेश मन्त्रालयका प्रवक्ताले भूमध्यसागरको तटुमा पुगेपछि कार्गो पठाइएको बताएका छन्।

पछिल्लो कदमबारे आइतवार प्रतिक्रिया व्यक्त गर्दै संयुक्त राज्य अमेरिकाले उक्त तेल खरिद गर्ने जो कोहीमाथि पनि प्रतिबन्ध लगाउने बताएको छ।यसैबीच इरानले आफ्नो नियन्त्रणमा लिइएको ब्रिटिश झण्डा अङ्कित एउटा ट्याङ्करलाई छाड्ने तयारी भइरहेको इरानी विदेश मन्त्रालयले जनाएको छ।

विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसावीका अनुसार स्टेना इम्पेरो नामक ट्याङ्करलाई छाड्न अन्तिम कानुनी प्रक्रिया पूरा गरिँदैछ।