१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

शरद ऋतुमा मनास्लु हिमाल चढ्न २३७ आरोहीलाई अनुमति

शरद ऋतुमा मनास्लु हिमाल चढ्न २३७ आरोहीलाई अनुमति
अ अ+ अ-

काठमाडौं । हिमाल आरोहण गर्न ८ हजार १ सय ६३ मिटर उचाईको मनास्लुमा पर्वतारोहीको आकर्षण देखिएको छ । पर्यटन विभागका अनुसार मंगलबारसम्म कूल २४ टोलीका जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र १८ टोलीका
२३७ आरोही छन् ।

मनास्लुपछि द्यौलागिरी हिमाल चढ्न आरोही इच्छुक देखिएका छन् । विभागको तथ्यांक अनुसार द्यौलागिरीमा एउटा मात्र टोलीले अनुमति लिए पनि त्यसमा ३० जना सदस्य रहने छन् ।

माउन्ट ल्होत्से र आरोहण गर्न २ समूहका १३ जना सदस्यले अनुमति लिएका छन् । मकालु हिमाल आरोहण गर्न एक समूहमा ४ सदस्यले अनुमति लिएको विभागले उल्लेख गरेको छ । मनास्ली हिमाल चढ्न एक समूहमा तीन सदस्यले अनुमति प्राप्त भएका छन् ।

हिमलुङ हिमाल ९ जनाले अनुमति लिएका छन् । नुप्त्से हिमाल आरोहणमा ८ जनाको अनुमति जारी भएको विभागले उल्लेख गरेको छ । मकालु हिमाल चढ्न ४ सदस्यले अनुमति लिएको विभागको तथ्यांक रहेको छ ।


आइतबारसम्म सगरमाथा आरोहणमा भने दुई समूहका १० जनाको अनुमति जारी भएको छ ।यस अवधिमा हिमाल आरोहणमा जाने पर्वतारोहीबाट सरकारले २ करोड ४० लाख रुपैयाँ रोयल्टी संकलन गरिसकेको छ ।सगरमाथा आरोहणमा वसन्तु ऋतुमा सरकारले ११ हजार डलर लिने गरेकामा शरद ऋतुमा भने मात्र ५५ सय डलर लिने गरेको छ ।