१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेङ्गु नियन्त्रणको लागी सबै लागेर लार्भा नष्ट गर्न स्वास्थ्य मन्त्रीको उर्दी



अ+ अ-

सुनसरी । डेङ्गुको प्रकोप देश भर फैलन थाले पछि यसको नियन्त्रणको लागि सरकार लागिरहेको उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बताएका छन् ।

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २६ औ बार्षिक उत्सव समारोहलाई संवोधन गर्दै उपप्रधामन्त्री यादवले सरकार डेङ्गु नियन्त्रणको लागी अभियान नै सञ्चालन गरेको बताए । उनले यसको नियन्त्रणको लागी सरकारले सर्च एण्ड डिस्ट्रोए अभियानलाई तिव्रता दिएको समेत बताएका हुन् ।

उनले डेङ्गु रोगीको सहजरुपमा उपचार भइरहेको बताउँदै डेङ्गु नियन्त्रणको लागी सरकारले एक्लैले सम्भव नभएको बताउदै सबै लागेर लार्भा नष्ट गर्न लागि पर्नेमा जोड दिए ।

डेङ्गुको कारण ४ जनाका मृत्यु भइसकेको छ भने २६ सयभन्दा बढी बिरामी बनेका छन् । एडिज एजिप्टाई तथा एडिज अल्बो पिक्टस नामक पोथी लामखुट्टेले मानिसलाई टोकेपछी डेंगु रोगको सक्रमण देखा पर्छ ।