१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा जोड

प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा जोड
अ अ+ अ-

काठमाडौँ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा जोड दिइनेभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आधुनिक राजधानी निर्माणका लागि उपत्यकामा दिनानुदिन बढ्दै गएको ट्राफिक समस्या कम गर्न प्रविधिको उच्चतम् प्रयोग गरिने बताइएको हो ।

केही दिन अगाडि मात्र महाशाखामा सरुवा भएर आउनुभएका महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले आफ्नो कार्यकालमा ट्राफिक समस्यालाई प्राथमिकतामा राखेर समस्या समाधानमा तदारुकता देखाउने बताए । “सरोकारवाला निकायसँग सहकार्य गर्दै व्यवहारमा विनम्रता, कानून कार्यान्वयनमा कडाइ गरिनेछ”, उनले भने ।

ट्राफिक नियमको पालना आम नागरिकको चाहना रहेको भन्दै सबैको सहकार्य आवश्यक रहेको उनको भनाई थियो । फिक नियमको पालना आम नागरिकको चाहना रहेको भन्दै सबैको सहकार्य आवश्यक रहेको उनको भनाई थियो । महाशाखा प्रमुख ढकालले चाँडो नै उपत्यकाका हरेक चोकमा ट्राफिक बत्ती जडान गरिने बताए ।

“प्रहरी सङ्गठन प्रमुखको चाहनाअनुसार सम्बन्धित निकायसँगको सहकार्यमा छिट्टै उपत्यकामा ट्राफिक बत्ती जडान गर्नेछौँ,” उनले भने । विगतमा भएका कार्यक्रमलाई निरन्तरता दिँदै आगामी नयाँ कार्यक्रमलाई महाशाखाले अगाडि सार्ने उनको भनाई थियो ।

उपत्यकाको ट्राफिक व्यवस्थापनका क्रममा देखिएको पार्किङ अभाव, ट्राफिक नियम पालना नगर्ने प्रवृत्ति, साना पुराना र बढी धुवाँ फाल्ने सवारी साधनलाई नियन्त्रण गर्न सम्बन्धित निकायसँग सहकार्य गरेर समस्याको समाधान गरिने महाशाखा प्रमुख ढकालले बताए ।

काठमाडौँ उपत्यकामा हाल दुई हजार १४ किलोमिटर सडकमा झण्डै १० लाख सवारी साधन ओहोरदोहोर गर्दै आइरहेका छन् । एक ट्राफिक प्रहरीले १.५ किलोमिटर सडक तथा ९०० सवारी साधनको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।