२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

माउण्टेन एयरको हेलिकप्टर आकस्मिक अवतरण



अ+ अ-

सुर्खेत । सुर्खेतबाट डोल्पाका लागि उडेको माउण्टेन एयरको नाइनएन–एएलडी हेलिकप्टर खराब मौसम भएपछि स्थानीय बारुदथानमा आकस्मिक अवतरण गरिएको छ । आज बिहान हुम्लाबाट सुर्खेत पुगेर सुर्खेतमा इन्धन भरेर पुनः सुर्खेतदेखि डोल्पा जान लागेको हेलिकप्टर खराब मौसमका दैलेखमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ ।

बिहान ७ः३० बजे बारुदथानको खुला चौरमा हेलिकप्टर अवतरण गरिएको र करिब ढेड घण्टापछि पुनः उडान गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । हेलिकप्टरमा चालक दलका तीन सदस्य मात्र थिए । हेलिकप्टर दैलेखदेखि नेपालगञ्जतर्फ उडान भएको र मौसम सुधार भएपछि नेपालगञ्जबाट पुन उडान गर्ने चालक दलले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । दैलेखमा आज बिहानैदेखि लगातार वर्षा भइरहेको छ ।