१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगु संक्रमणका कारण अस्पताल भर्ना भएका कृषि मन्त्री डिस्चार्ज



अ+ अ-

काठमाडौं । डेंगु संक्रमणका कारण अस्पताल भर्ना भएका कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाल डिस्चार्ज भएका छन् । भाद्र १९ गते ग्राण्डी अस्पताल भर्ना भएका मन्त्री खनाललाई आज दिउँसो डिस्चार्ज गरिएको परिवार स्रोतले बताएको हो ।

गत मंगलबार टाउको दुख्ने, ज्वरो आउने भएपछि जचाउन मन्त्री खनाल निदान हस्पिटल पुगेका थिए । बुधबार साँझ शुक्रराज अस्पतालले डेंगु संक्रमण पुष्टि गरेपछि थप उपचारका लागि ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।