१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

निगमको जापान उडानले पर्यटनमा थपियो उत्साह

निगमको जापान उडानले पर्यटनमा थपियो उत्साह
अ अ+ अ-

काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ओसाका (जापान) सिधा उडानले मुलुकको पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ ।

निगमले १३ वर्षको अन्तरालपछि पहिलो पटक वाइड बडी ए–३३०–२०० जहाजमार्फत यही भदौ १२ गतेदेखि ओसाका कन्साई इन्टरनेशनल एयरपोर्टमा सिधा उडान शुरु गरेको छ । यसअघि अक्टोबर ३ सन् १९९४ मा निगमले ओसाका उडान शुरु गरेको थियो । सो उडान काठमाडौँ र चीनको साङ्घाई हुँदै जापानको ओसाका थियो । अप्रिल १२ सन् २००७ मा जहाज अभाव भएको भन्दै निगमले ओसाका उडान बन्द गरेको थियो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्ष अभियानको सङ्घारमा निगमले जापान सिधा उडान गरेसँगै यसले नेपालमा जापानी पर्यटकको बढोत्तरी हुने देखिन्छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सोही अवधिमा जापानबाट मात्रै २९ हजार ८१७ पर्यटक नेपाल आए । सन् २०१७ मा २७ हजार ३२६ जापानी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

जापान सिधा उडान भएपछि पर्यटकको आगमन बढ्ने विश्वास लिएको निगमले वार्षिक ४० हजार पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्षलाई लक्षित गर्दै जापान उडानको योजना बनाइएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलको भनाइ छ ।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले निगमको जापान सिधा उडानले बढीभन्दा बढी जापानी पर्यटक नेपाल भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै दूतावासले जापानको टोकियो, ओसाकालगायत शहरबाट जापानीलाई नेपाल गन्तव्य भ्रमणका लागि आकर्षित गर्ने प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाइएको जानकारी दिए ।

सन् १९५६ देखि नेपाल र जापानबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात आपसी सम्बन्धका विविध पक्षमा विस्तार हुँदै गएको छ । दुई देशबीचको परम्परागत सांस्कृतिक र कूटनीतिक सम्बन्ध मात्र नभई जापान नेपालको असल विकास साझेदार मुलुक पनि हो ।

सांसद रमेशजङ रायमाझी पनि निगमको जापान सिधा उडानले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाललाई विनास्वार्थ सहयोग गर्ने मुलुक जापानले नेपाललाई माया गर्ने भएकाले नेपालीसँगै जापानीलाई नेपाल भित्र्याउन सहयोग पुग्ने बताए ।

सांसद सुदन किराँतीले राष्ट्रिय ध्वजाबाहकको काठमाडौँ–ओसाकाको उडानले आर्थिक समृद्धिको मेरुदण्डको रूपमा लिइने पर्यटन क्षेत्र र नजिकिएको भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने बताए । ‘वाइड बडीको उडान सिधै टोकियो नारितासम्म उडान गर्न पाएको भए झनै उपयुक्त हुनेथियो, तैपनि लामो समयदेखि अवरुद्ध उडान प्रारम्भ भएको छ, यसले मुलुकको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु,’ उनले भने ।

अर्का सांसद प्रदीप यादवको विचारमा निगमको जापान उडान सराहनीय छ, यसको व्यवस्थापनलाई थप प्रभावकारी बनाई सेवालाई निरन्तरता, गन्तव्य विस्तार र सेवा स्तरीकरणमा ध्यान दिन जरुरी छ ।

निगमको ओसाका उडानबाट पर्यटन व्यवसायीमा पनि नयाँ उत्साह पैदा भएको छ । बिना झन्झट सिधा र सहज उडानले जापानी पर्यटकलाई नेपाल आगमनमा सहज हुने उनीहरुको विश्वास छ । जापानी पर्यटकलाई नेपाल आकर्षण गर्ने सर्वोच्च शिखर सगरमाथा, भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलगायतका महत्वपूर्ण स्थल छन् ।

त्यसैले धेरै सङ्ख्यामा जापानी नेपाल आउने गरेका छन् । जापानीहरु जापान–काठमाडौँ सिधा उडानको प्रतीक्षामा रहेकाले निगमको सिधा उडानले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने पर्यटन व्यवसायी श्यामराज थपलियाको विश्वास छ ।

जापानीले नेपाल र नेपालीलाई धेरै माया गर्ने भएकाले पनि सिधा उडान हुँदा नेपाल गन्तव्य घुम्न र यहाँका विविध पक्षमा रमाउन जापानी ठूलो सङ्ख्यामा नेपाल आउन सक्नेछन् ।

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले भ्रमण वर्षको सन्दर्भमा बढीभन्दा बढी जापानी पर्यटक नेपाल आकर्षण गर्न निगमको सिधा उडानले सहयोग पुग्ने बताए । उनले निगमको उडान सेवालाई विश्वसनीय र गुणस्तरीय बनाउन प्रभावकारी बजारीकरण तथा उडानलाई निरन्तरता दिइनुपर्ने खाँचो औँल्याए ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष चन्द्र रिजालले निगमको सिधा उडान सस्तो र विना झन्झटिलो हुने तथा आफ्नै ध्वजाबाहक भएकाले शुरुआती चरणमा केही घाटा भए पनि जापानी पर्यटक नेपाल आउँदा मुलुकलाई नै फाइदा पुग्ने भएकाले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

ओसाकामा विगत २६ वर्षदेखि बस्दै आउनुभएका सुनील केसीले जापान सरकारले पछिल्लो समय ओसाका पर्यटन विकासमा सम्पूर्ण ध्यान केन्द्रित गरेकोले यहाँ आउने पर्यटकलाई नेपाल आकर्षण गर्ने उपयुक्त आधार निगमको ओसाका सिधा उडान भएको उल्लेख गरे ।

जापानमा करीब ११ करोड जनसङ्ख्या मध्ये ओसाकामा मात्रै दुई करोड बढी छन् । जापानमा टोकियो, ओसाका, योकोहामालगायत मुख्य शहर हुन् । जापानमा ९० हजारभन्दा बढी नेपालीको बसोवास रहेको बताइन्छ । ती मध्ये आठ हजार ओसाकामा बस्छन् । शिक्षा, ‘हस्पिटालिटी’ तथा रेष्टुराँ व्यवसायमा काम गर्ने नेपाली धेरै छन् ।

नेपालीहरू जापानका पाँचतारे होटलमा ‘बेडमेकिङ’ मा काम गर्छन् । जापानमा बढी चिनियाँ पर्यटक भेटिन्छन् । ‘वाटर अफ सिटी’ को रूपमा चिनिएको ओसाकाको पुरानो दरबार ‘ओसाका क्यास्टल’ मा धेरै पर्यटक पुग्छन् । ‘अकुवारियम’ ‘दाइमारु सिंसाईबासि’ लगायत स्थान ओसाकाका पर्यटकीय क्षेत्र हुन् ।

निगमले हाल साताको दुई दिन शनिबार र मङ्गलबार ओसाकाको नियमित उडान गरिरहेको छ । हाललाई निगमले प्रवद्र्धनात्मक भाडादर दुईतर्फी रु ७२ हजार ८०० र एकतर्फी रु ३७ हजार निर्धारण गरेको छ ।