१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

कर्णेलको रगतले सुत्केरीको जोगियो ज्यान

कर्णेलको रगतले सुत्केरीको जोगियो ज्यान
अ अ+ अ-

–विमलबहादुर विष्ट
डोटी । नेपाली सेनाको डोटी सिलगढीस्थित रुद्रध्वज गणका गणपति रत्नकेशर खड्काले दिनुभएको रगतले जिल्लामा एक सुत्केरीको ज्यान बचेको छ । सुत्केरी हुँदा अत्यधिक रक्तश्रावका कारण जिल्ला अस्पताल सिलगढीमा भर्ना हुनुभएका केआईसिंह गाउँपालिका ६ भूमिराजमाण्डौकी २२ वर्षीया भावना नाथ योगीलाइ प्रमुख सेनानी खड्काले दुई पिन्ट ए पोजेटिभ रगत दान गरेपछि उहाँको ज्यान जोगिएको जिल्ला अस्पताल डोटीका डा गिरीश अवस्थीले बताए । उनले भने, ‘अत्यधिक रक्तश्राव हुँदा निज सुत्केरीको ज्यान नै खतरामा परेको थियो, कर्नेल सरले रगत दिएपछि ज्यान जोगिएको छ ।’

जिल्लामा अहिलेसम्म रक्तश्रावका कारण ज्यान नै जाखिममा परेका करीब ३५ बासिन्दालाई नेपाली सेनाको रुद्रध्वजगणले रगत दिएर ज्यान जोगाएको बताइएको छ । डोटी जिल्लालगायत समग्र सुदूरपश्चिम प्रदेशमा कुनै पनि व्यक्तिलाई रगत आवश्ययक परे उनीहरु नेपाली सेनाको ब्यारेक धाउने गर्छन् ।

सेनाले आफूमातहत रहेका सम्पूर्ण सैनिक कर्मचारीको रगत समूह पहिले नै छुट्टयाएर राख्ने तथा भनेको बेलामा जुनसुकै समयमा पनि रगत दिन तयार हुने भएकाले यहाँका बासिन्दा सेनाको ब्यारेकमा रगत माग्न धाउने गरेको शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताए । उनले भने, ‘रगतको अभावमा बिरामीको ज्यान नै खतरामा परिसकेको हुन्छ, नयाँ मान्छे बोलाएर रगत ग्रुप पत्ता लगाउँदासम्म ढिलो भइहाल्छ, सेनाले पहिले नै रगत ग्रुप छुट्टयाएर राख्ने भएकाले हामी पहिलो खबर ब्यारेकमै गर्छौँ ।’

पछिल्लो समय सैनिकको रगतले यहाँका पहाडी जिल्लामा सयौँ बासिन्दाको ज्यान जोगिएको नेपाली सेना सुदूरपश्चिम पृतना दिपायल राजपुरले जनाएको छ । सुत्केरी तथा बिरामलाई रगत दिन पाउँदा आफू निकै गौरवान्वित भएको प्रमुख सेनानी खड्काले बताए । उनले भने, ‘मैले दान गरेको रगतले एउटा छोरी, चेलीको ज्यान जोगिएको छ, त्यसभन्दा ठूलो मेरा लागि खुशीको कुरो के हुन सक्छ र रु’

निज महिला अहिले स्वस्थावस्थामा रहेको जिल्ला अस्पतालले जनाएको छ । जिल्लामा ब्लड बैंक नभएका कारण यहाँका बासिन्दालाई भनेको बेलामा रगत पाउन मुश्किल हुँदै आएको छ । जिल्लामा नेपाल रेडक्रस सोसाइटी डोटीले रगत सङ्कलन गर्ने भए पनि सङ्कलित रगत राख्ने ठाउँ नभएका कारण पनि समस्या हुँदै आएको स्थानीयवासी तथा सञ्चारकर्मी रामहरि ओझले बताए । उनले भने, ‘लामो समयसम्म रगत राख्ने मेशिन नभएका कारण समस्या भएको छ, भनेको बेलामा सेनाले अस्पतालमै आएर रगत दिने गरेका कारण केही बिरामीको ज्यान बचेको छ, नत्र अकालमै धेरैले ज्यान गुमाइसक्थे ।’