१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो अभिकर्ताहरुलाई सम्मान



अ+ अ-

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

कम्पनीले यही भाद्र १९ गते चन्द्रागिरि स्थित चन्द्रागिरि हिल एण्ड रिसोर्टमा आर्थिक बर्ष २०७५÷७६ मा महत्वपूर्ण योगदान पुर्याएका मूल्यवान एजेन्सी मेनेजरलाई सम्मान गरेको हो ।

कार्यक्रममा कम्पनीका सातै प्रदेशका प्रदेश प्रमुख, कम्पनीका विभागिय प्रमुख र शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।

कम्पनीका सञ्चालक समितिका सदस्य अश्वीनी कुमार ठाकुरले सम्पूर्ण सहभागिहरुलाई धन्यवाद ज्ञापन गरे । सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले इन्स्योरेन्समा अभिकर्ताको महत्वपूर्ण भूमिका रहने हुँदा अभिकर्तालाई यस कम्पनीमा आबद्ध रहिरहन र थप सक्रिय बनाउनका लागि कम्पनीले समयानुकुल अभिकर्ता लक्षित गरी बिभिन्न प्रकारका योजनाहरु ल्याउने गरेको जानकारी दिए ।

सो अवसरमा सम्पूर्ण अभिकर्ताहरुलाई व्यवसाय अभिबृद्धि हुने प्रकारको उत्प्रेरणात्मक कार्यक्रम पनि अयोजना गरीएको थियो । कार्यक्रमले बिभिन्न घोषणाहरु पारित समेत गरेको छ ।