१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से घट्ने क्रमले सोमबार पनि निरन्तरता पायो



अ+ अ-

काठमाडौँ । शेयर बजारमा परिसूचक नेप्से घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । घपरिसूचक नेप्से ९ दशमलव ५४ अंकले घटेर १ हजार १ सय ६८ दशमलव ९१ अंकमा बन्द भएको छ ।

सेन्सेटिभ परिसूचक पनि घटेको छ । उत्पादन तथा प्रशोधन समुहमा बाहेक सबै समुहमा गिरावट आउँदा नेप्से दवावमा देखिन्छ ।

लगानीकर्ताको मनोबल बढ्न नसक्दा कारोबार रकम झण्डै ३० करोड रुपैयाँमा सिमित बनेको छ । सोमबार सबैभन्दा बढी सिभिल बैंकको संस्थापक शेयरको कारोबार भएको छ ।

नेप्से दवावमा भएपनि आँधिखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५ दशमलव १८ प्रतिशतले कमाएका छन् । तर युनाइटेड इन्स्योरेन्सका शेयरधनीले ५ प्रतिशत बढीले गुमाएका छन् ।