६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया कप : अफगानिस्तानलाई हराउँदै भारत समूह विजेता



अ+ अ-

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानलाई तीन विकेटले पराजित गर्दै भारत समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ ।

सोमबार समूह ‘ए’ को अन्तिम खेलमा १२५ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले ३८.४ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य भेटायो । भारतको जितमा सालिल अरोरा र शाश्वत रावतले समान २९–२९ रन बनाए । त्यस्तै, अर्जुन आजदले २१ रन बनाए ।

अफगानिस्तानका लागि नोर अहमादले चार विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले खराब प्रदर्शन गर्दै ४०.१ ओभरमा सबै विकेटको क्षतिमा १२४ रन मात्रै बनायो । अफगानिस्तानका लागि अविदउल्लाह तानिवालले ३९ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

भारतका लागि सुशान्त मिश्रले पाँच विकेट लिए ।

यता, समूह ‘बी’ बाट आयोजक श्रीलंका र बंगलादेश पनि सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । तर यो समूहको विजेता र उपविजेताको टुंगो भने मंगलबार लाग्नेछ ।