१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

सभामुख महरा र समकक्षी आइरिस सभामुख फरगेलबीच द्विपक्षीय भेटवार्ता

सभामुख महरा र समकक्षी आइरिस सभामुख फरगेलबीच द्विपक्षीय भेटवार्ता
अ अ+ अ-

काठमाडौं । सभामुख कृष्णबहादुर महरा र आयरल्याण्डस्थित आइरिस पार्लियामेन्टका सभामुख सेन ओ फेरगेल बीच द्विपक्षीय भेटवार्ता भएको छ । सभामुख महराको निमन्त्रणामा नेपाल भ्रमणमा रहनुभएका समकक्षी आइरिस सभामुख सेनसँग आज ९सोमबार० सभामुखको कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटवार्तामा दुई देशबीचको सम्बन्धका बारेमा चर्चा गर्नुका साथै संसदीय प्रक्रिया र अभ्यास, संसदीय मैत्री समूह गठन, शिक्षा, पर्यटन, व्यापार लगायतका विषयमा छलफल भएको थियो ।सो अवसरमा सभामुख महराले नेपाल र आयरल्याण्डको दुई पक्षीय सम्बन्ध एक सय वर्षभन्दा पुरानो रहेको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध थप सुमधुर र घनिष्ठ बनाउन सभामुख नेतृत्वको प्रतिनिधि मण्डलकोे नेपाल भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपालको संघीय शासन प्रणाली, संघीय संसद र संसदीय अभ्यासका बारेमा जानकारी गराउदै सभामुख महराले नेपालमा नयाँ संविधान निर्माणपछि संसदले विभिन्न ऐन कानून निर्माणमा मुख्य जोड दिएको बताए ।

‘नेपालको संघीय संसद सबै वर्ग, लिङ्ग, समुदाय र क्षेत्रको प्रतिनिधित्व हुने गरी समावेशी रहेको छ, सभामुख महराले भने, ‘देशका सबै जनसमुदायको समुचित प्रतिनिधित्वका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली अपनाएर जनप्रतिनिधिहरु चयन भएका छन्, त्यस्तो व्यवस्था हामीले संविधानमै सुनिश्चित गरेका छौं ।’

संघीय संसदले नेपाल–आयरल्याण्ड संसदीय मैत्री समूह गठन गरिसकेको जानकारी दिँदै सभामुख महराले संसदीय मैत्री समूहमार्फत् दुई देशबीचको राजनीतिक सम्बन्ध प्रगाढ हुनुका साथै संसदीय परम्परा, अभ्यास र प्रक्रिया आदान प्रदानमा महत्वपूर्ण भूमिका रहने बताए ।

नेपालको पर्यटन प्रवद्र्धनका लागि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा घोषणा गरेको बताउदै सभामुख महराले नेपाल भ्रमणका लागि आयरल्याण्डका पर्यटकहरुका लागि नेपाललाई पनि एक गन्तव्यका रुपमा बनाउन पहल गरिदिन पनि समकक्षी सेनसँग अनुरोध गरे ।

भेटवार्ताका क्रममा आइरिस सभामुख सेन फेरेगलले नेपाल आउन पाउँदा निकै खुसी लागेको बताउदै नेपाल भ्रमणका लागि निम्तो गरेकोमा सभामुख महरालाई धन्यवाद व्यक्त गरे । आयरल्याण्ड विश्वकै एक पर्यटकीय गन्तव्यका रुपमा रहेको चर्चा गर्नुहुदै उहाँले देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा पर्यटनले निर्वाह गरेको बताए ।

नेपालले पनि पर्यटन प्रवद्र्धनमा विशेष लगानी गरेर ठूलो लाभ लिन सक्ने सम्भावना रहेको आफूले बुझेको सभामुख सेनले बताए । आयरल्याण्डमा अहिले करिब ३ हजारको संख्यामा नेपाली नागरिकहरु व्यापारलगायत विभिन्न क्षेत्रमा काम गरिरहेको भन्दै आइरिस सभामुख सेनले आफूहरु नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरुमा जाने गरेको र नेपाली समुदायले आयरल्याण्डमा राम्रो छाप छोडेको बताए ।

नेपालका हिमाली क्षेत्रहरुमा रहेका विद्यालय तथा हस्पिटलहरुमा आयरल्याण्ड सरकारले आर्थिक सहयोग गरिरहेको चर्चा गर्दै उनले आयरल्याण्डले शिक्षा, पर्यटन, व्यापार, कृषिलगायतका क्षेत्रका सहकार्य गर्न सक्ने बताए । आयरल्याण्डको संसदीय अभ्यास, परम्परा र प्रक्रियाका बारेमा जानकारी दिँदै उनले आयरल्याण्ड र नेपालको संसदीय प्रक्रियामा धेरै समानता रहेको बताए ।

भेटवार्तामा आइरिस सभामुख सेनसहित भ्रमण टोलीका सदस्यहरु आइरिस पार्लियामेन्टका सांसदहरु मौरिन सुल्लिभान, क्याथरिन नून, जोड हमिल्टन लगायतको सहभागिता रहेको थियो भने नेपाली टोलीको तर्फबाट सभामुखका साथै नेपाल–आयरल्याण्ड संसदीय मैत्री समूहका संयोजक सांसद राधा ज्ञवाली, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, सचिवालय सचिव भरतराज गौतमलगायतको सहभागिता रहेको थियो ।

५ दिने नेपाल भ्रमणमा रहेको आइरिस सभामुख नेतृत्वको प्रतिनिधि मण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई लगायतले भेट्ने कार्यक्रम रहेको छ ।