२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया कप: अन्तिम खेलमा पाकिस्तानको जित, कुवेत अंकविहीन



अ+ अ-

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा पाकिस्तानले जित हासिल गर्दै यात्रा टुंग्याएको छ ।

सोमबार समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा कुवेतलाई पाकिस्तानले १६३ रनले पराजित गर्‍यो । ३३६ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको कुवेतले ४३.४ ओभरमा सबै विकेटको क्षतिमा १७२ रन मात्रै बनाउन सक्यो । कुवेतका लागि अब्दुल सदिकले ६० र गोविन्द कुमारले ४५ रन बनाए ।

बलिङतर्फ पाकिस्तान क्वासिम अक्रमले चार विकेट लिदा मोहम्मद वासिमले तीन र अबु हुरइराले दुई विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३३५ रन बनाएको थियो । पाकिस्तानका लागि इर्फान खानले ६३, मोहम्मद वासिमले अविजित ५५ रन बनाए ।

वासिमले आक्रमक ब्याटिङ गर्दै मात्र २० बलमा ६ छक्का र दुई चौका प्रहार गर्दै ५५ रन बनाए । जारी प्रतियोगितामा उनी सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी पनि बने । त्यस्तै, हरिस खानले ५३ रन बनाए ।