काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। नियमित गस्तीका क्रममा काठमाडौं, मोरङ, झापा, धनुषा, पर्सा, कञ्चनपुर, नवलपरासी पश्चिम र बाँकेबाट उनीहरू पक्राउ परेका हुन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं महानगरपालिका–६ कपन तेन्जिङचोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब एक ग्रामसहित ३७ वर्षीय विनयकुमार मण्डल, ३८ वर्षीय मनिष शाही र ३८ वर्षीय प्रदीपकुमार राई पक्राउ परेका छन्।
मोरङको कानेपोखरी गाउँपालिका–७ बाट तीन ग्राम २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ३१ वर्षीय विवेक राई पक्राउ परेका छन्। झापाको बिर्तामोड नगरपालिका–८ सुनौलो बस्तीबाट एक सय ३० मिलिग्राम सोही प्रकृतिको पदार्थसहित ३० वर्षीय विवेक लिम्बू तथा झापा गाउँपालिका–४ चर्तागाछीबाट पाँच ग्राम दुई सय १० मिलिग्रामसहित १७ वर्षीय किशोर पक्राउ परेका छन्।
यस्तै, बिर्तामोड नगरपालिका–३ पुरानो भद्रपुर रोडबाट एक ग्राम तीन सय ८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २३ वर्षीय अर्जुन राजवंशी पक्राउ परेका छन्। झापा गाउँपालिका–४ टाघनडुब्बा स्कुलटोलबाट एक ग्राम आठ मिलिग्राम सोही प्रकृतिको पदार्थसहित २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मर्डी पक्राउ परेका छन्।
धनुषाको शहीदनगर नगरपालिका–३ बाट २२ ग्राम पाँच सय ८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित १९ वर्षीय राजन यादव र २६ वर्षीय बब्लु पासवान भन्ने रामबालक पासवान पक्राउ परेका छन्।
पर्साको पोखरिया नगरपालिका–५ सतबरियाबाट करिब पाँच सय ग्राम गाँजा जस्तो देखिने पदार्थसहित ६५ वर्षीय रामदयाल महरा तथा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट एक ग्राम आठ सय ४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २४ वर्षीय जनक खड्का पक्राउ परेका छन्।
नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–५ चमनटोलाबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने स्पास्मो एक सय ट्याब्लेट, डाइजेपाम २१ एम्पुल, फेनारगन २२ एम्पुल र बुप्रेनोर्फिन २२ एम्पुलसहित २८ वर्षीय सुनिल विक र ३१ वर्षीय दिपेश विक पक्राउ परेका छन्।
त्यसैगरी, बाँकेको डुडुवा गाउँपालिका–२ बाट नौ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २४ वर्षीय ओसिस खाँ पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेकाहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।











