१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसमा युवतीमाथि दुर्व्यवहारको आरोपमा पूर्वसभासद पक्राउ



अ+ अ-

ललितपुर । सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद योगेन्द्र घिसिङलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ।

सोमबार रत्नपार्कबाट ललितपुरको भैंसेपाटी जाने बसमा उनले क्याम्पस पढ्ने २१ वर्षकी युवतीमाथि यौन दुव्र्यवहार गरेपछि स्थानीयले कब्जामा लिएर प्रहरीलाई बुझाएका हुन् ।

यौन दुर्व्यवहारपछि ती युवतीले प्रतिकार गरेकी थिइन। प्रहरीमा उनले खबर गरेपछि घिसिङलाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिहंले जानकारी दिइन्।

पक्राउ परेका घिसिङ माओवादी केन्द्रबाट ललितपुरबाट समानुपातिकमा सांसद हुन्। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।