७ भाद्र २०८३, आईतवार
,
Latest
सुनसरी–मोरङ सिँचाइलाई कृषि उत्पादन र रोजगारीसँग जोड्न मन्त्री श्रेष्ठको जोड प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान पहिरोले विभिन्न सडक अवरुद्ध गृहमन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते



अ+ अ-

काठमाडौँ। रुसको नोवोरोसिस्क बन्दरगाह नजिकै काला सागर (ब्ल्याक सी) मा टर्कीको एक व्यापारिक जहाजमाथि आक्रमण भएको छ ।

उक्त घटनामा परी एक जना नाविकको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार ‘काल्योन्कु डेनिसिलिक’ कम्पनीद्वारा सञ्चालित ‘युरल’ नामक जहाजमाथि मध्यरातमा उक्त आक्रमण भएको हो ।

आक्रमणका बावजुद जहाजले आफ्नो यात्रा जारी राखेको र शनिवार टर्कीको उत्तरी बन्दरगाह सामसुन पुगेको ‘इहलास न्युज एजेन्सी’ले जनाएको छ ।

यसअघि, ‘युरल’ जहाजले टर्कीकै अर्को मालवाहक जहाज ’नेसिबे’का १८ जना चालक दलका सदस्यहरूलाई उद्धार गरेको थियो । नेसिबेमाथि पनि काला सागरमै आक्रमण भएको बताइएको थियो ।

काला सागर क्षेत्रमा पछिल्लो समय व्यापारिक जहाजहरूमाथि श्रृङ्खलावद्ध आक्रमणका घटनाहरू भइरहेका छन्। यो घटनालाई सोही असुरक्षित वातावरणको पछिल्लो कडीका रूपमा हेरिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल