१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

फोहरबाट ग्यास उत्पादन गरिने

फोहरबाट ग्यास उत्पादन गरिने
अ अ+ अ-

घोराही । घोराही उपमहानगरपालिकामा फोहरबाट खाना पाउने ग्यास निकालिने भएको छ । ग्यास उत्पादनका लागि कामसमेत भइरहेको छ । आगामी एक वर्षभित्रै फोहरबाट ग्यास निकालिने उपमहानगरपालिकाले जनाएको छ । वडा नं– १६ को ल्याण्डफिल साइटमा फोहरबाट ग्यास निकाल्न थालिएको हो ।

उपमहाननगरपालिका, वैकल्पिक ऊर्जा केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीबीच त्रिपक्षीय सहकार्यमा फोहरबाट ग्यास उत्पादन गर्ने कामअघि बढाइएको छ । त्रिपक्षीय सम्झौता गत मङ्सिर ५ गते गरिएको थियो । त्यही अनुसार अहिले काम भइरहेको छ । ग्यास उत्पादन गर्न करीब रु २० करोड लगानी लाग्ने बताइएको छ । उक्त ग्यास प्लान्ट दुई हजार घनमिटरको रहने छ । सोबाट ग्यास सिलिण्डरमा भरेर बजारमा पठाइने बताइएको छ ।

ग्यास उत्पादनका लागि अहिले भौतिक संरचना निमार्णको कार्यभइरहेको नेपाल ऊर्जा विकास कम्पनीका प्रबन्धक हरिशरण श्रेष्ठले बताए । अवका छ महीनामा भौतिक निर्माणको काम सकिने उनको भनाइ छ । “काममा कुनै समस्या नआए एक वर्षभित्रमा ग्यास उत्पादन गर्ने गरी काम गरिरहेका छौँ”, प्रबन्धक श्रेष्ठले भने, “प्राविधिक समस्या भए मात्र केही ढिलाइ हुनसक्छ ।”

गतवर्ष सम्झौता भए पनि विभिन्न कारणले केही ढिला भएको श्रेष्ठ बताउछन् । काम गर्दा स्थानीयवासीले केही समस्या उत्पन्न गराएका थिए । आफनो स्वास्थ्यमा असर पुग्ने भनेर स्थानीयवासीले विरोध गरेपछि केही समय काममा ढिलाइ भएको हो ।

कम्पनीले स्थानीयवासीलाई पोखरामा निर्माण गरिएको ग्यास प्लान्ट देखाएपछि स्थानीयवासी ग्यास प्लान्ट निर्माणमा सहमत भएका श्रेष्ठले बताए । अब भौतिक संरचना निर्माणको कामले गति लिने अपेक्षा कम्पनीले गरेको छ । ग्यास उत्पादन गर्न उपमहानगरले जग्गा उपलब्ध गराएको प्लान्टका प्रबन्धक श्रेष्ठले बताए ।

उपमहानगरले ल्यानफिल साइटमा रहेको साढे दुई बिघा जग्गा उपलब्ध गराएको छ । कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता भएको उपमहानगरपालिकाका इञ्जिनीयर रामधन श्रेष्ठले जानकारी दिए । ग्याससँगै कम्पोष्ट मलसमेत उत्पादन गर्ने कम्पनीको योजना छ ।