१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

१९ बर्षिय युवतीलाई सामूहिक बलात्कार गर्ने ९ जना पक्राउ, एक फरार

१९ बर्षिय युवतीलाई सामूहिक बलात्कार गर्ने ९ जना पक्राउ, एक फरार
अ अ+ अ-

उर्मिला यादव, सुनवल । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले १९ बर्षिय युवतीलाई सामूहिक बलात्कार गर्ने ९ जना अभियुक्तलाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका– वडा नम्बर तीन सेखुवानामा दश जना यूवाहरुको समूहले भदौ २२ गते घरबाट कामको शिलशिलामा जाँदै गरेकी एक यूवतीलाई डर त्रास देखाई भित्री सडक खण्डबाट तीन सय मिटर नजिकैको उखुबारीमा लगेर सामूहिक रुपमा जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी निरीक्षक प्रकाश श्रीमल नेतृत्वको टोलीले घटनामा संलग्नहरु भागेर विभिन्न स्थानमा लुकिछिपी बसेका ९ जना अभियुक्तलाई पक्राउ गरेको हो । फरार एक जनाको पनि खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुस्ता–३ फेनहरा बस्ने वर्ष ४५ को सुरेन्द्र यादव, सोही ठाउँ बस्ने वर्ष २५ को मनमोहन राजभर, वर्ष २२ को शिवराज राजभर, वर्ष ३७ को भीमलाल मुसहर, वर्ष २२ को सन्दीप यादव, वर्ष २२ कै राजु मुसहर, वर्ष ४० को नेत्र चौधरी, वर्ष १९ को पिल्टु चौधरी, वर्ष १९ को अमरनाथ भेडिहार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका सवैजना विरुद्ध जवरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।