१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

अमेरिकी फौजी किरा नियन्त्रणमा

अमेरिकी फौजी किरा नियन्त्रणमा
अ अ+ अ-

झापा । झापाको धानखेतीमा देखा परेको अमेरिकन फौजी किराको प्रकोप नियन्त्रणमा आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गौरादह नगरपालिकाका वडा नं २ र ५ मा दुई साता अघि पहिलोपटक देखा परेको फौजी किराको प्रकोप कनकाई नगरपालिकाको वडा नं ५, झापा गाउँपालिकाको वडा नं ३ र कचनकबल गाउँपालिकास्थित धान सुपरजोन क्षेत्रमा समेत फैलिएको थियो ।

कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहले ती सबै क्षेत्रमा देखा परेको फौजी किराको प्रकोप पूरै नियन्त्रणमा आइसकेको बताउनुभयो । नियन्त्रणमा आउनु अघि फौजी किराले ती क्षेत्रको २५ बिघामा लगाइएको धानखेती सखाप पारेको थियो । उहाँका अनुसार नेपालमै पहिलोपल्ट झापामा अमेरिकन जातको फौजी किरा देखा परेको र यस अघि भारतीय जातको फौजी किराको मात्र प्रकोप देखा पर्ने गरेको थियो ।

राति मात्र सक्रिय हुने अमेरिकन फौजी किराले लार्भा अवस्थामा बढी क्षति पु¥याउने गरेको छ भने शुरुमा धानको पात खाएर झिल्लीजस्तो बनाउने र पछि गुभोको रस चुसेर बोट सुकाएर मार्ने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख रवीन्द्र सुवेदी बताउनुहुन्छ ।

उहाँका अनुसार फौजी किरा नियन्त्रणका लागि धानखेतीमा एममिक्टीन बेन्जोस्ट, क्लोरोपाइरीफस र साइपर मेप्रीन मिश्रण गरेर स्पे्र गरिएको थियो । अमेरिकन जातको फौजी किरा देखा परेपछि कृषि ज्ञान केन्द्र, स्थानीय तहका प्राविधिक, कृषि निर्देशनालय र बाली संरक्षण प्रयोगशाला विराटनगरका विज्ञले किसानको खेतमै पुगेर कीराको पहिचान गरेका थिए ।