१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओरालो लाग्दै सुनको भाउ, कति पुग्यो तोलाको ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा दुई दिन देखी सुनको मुल्य ओरालो लागेको छ । सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ७ सय रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघलका अनुसार मंगलबार ७१ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

यस्तै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर ८७० रुपैयाँमा कारोबार भइरहेको छ। एक महिनादेखि सुन र चाँदीको भाउ बढ्ने र घट्ने क्रम जारी छ।