२२ भाद्र २०८३, सोमबार
,
Latest
सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

८१ वर्षको वृद्ध बनेर अमेरिका जान लागेका ३२ वर्षीय युवा विमानस्थलमा पक्राउ



अ+ अ-

नयाँ दिल्ली । ८१ वर्षको वृद्ध बनेर अमेरिका जान लागेका ३२ वर्षीय भारतको अहमदावाद निवासी जयस पटेललाई प्रहरीले पक्राउ गरेको छ । वृद्धको भेषमा अमेरिका ति व्यक्तिले जाने प्रयास गरेका हुन् । उनलाई भारतको औद्योगिक सुरक्षा फोर्सले दिल्लीस्थित विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

उनी अर्काको नामको राहदानी प्रयोग गरेर अमेरिका जान लागेको समाचार एजेन्सीहरुले बताएका हुन् । सेतो कपाल र सेतै दारी-जुंगा भएको हुलिया बनाएर ह्विल चियरमा बसेर विमानस्थलको अध्यागमन पार गरिसकेको अवस्थामा उनी पक्राउ परेको बताइएको छ ।

वृद्धजस्तै हुलिया बनाएका भए पनि छाला चाउरी नपरेको देखेपछि सुरक्षाकर्मीले उनीमाथि शंका लागेर चेकजाँच गर्दा उनी पक्राउ परेका हुन् । भेष बदलेर उनी किन अमेरिका जान लागेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाल उनी दिल्ली प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।