१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

काँग्रेसको यो जागरणले देशैभरि जनता जगाउने छ– सहमहामन्त्री डा.महत

काँग्रेसको यो जागरणले देशैभरि जनता जगाउने छ– सहमहामन्त्री डा.महत
अ अ+ अ-


काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाली काँग्रेसले आजदेखि सुरु गरेको राष्ट्रिय जागरण अभियानले देशैभरि साँचो अर्थमा जागरण ल्याउने बताएका छन् ।


काँग्रेसको दोश्रो चरणको राष्ट्रिय जागरण आभियानको काठमाडौ क्षेत्र नं ५ प्रदेश ‘ख’ द्वारा आयोजित कार्यक्रमार्फत शुभारम्भ गर्दै डा.महतले भने– यो अभियानले देशमा साँचो अर्थमा जागरण ल्याउने छ, यसले काँग्रेसका कार्यकर्ताहरुमा मात्र होइन कि देशैभरि जागरण ल्याउने छ, सबै नेपाली जनता जगाउने छ ।


आजदेखि शुरु भएको राष्ट्रिय जागरण आभियानको पहिलो कार्यक्रमको शुभारम्भ गर्दैै कार्यक्रमका प्रमुख अतिथि सहमहामन्त्री डा.महतले यो जागरण नेपालमा कम्युनिष्ट सरकारका ज्यादतिको भण्डाफोर र देशका प्रजातान्त्रिक संरचनाहरुको संरक्षण र सम्बद्र्धनको पक्षमा हो भने ।


मर्यादा भित्र रहेर र प्रक्रियालाई आत्मसात गरेर नै नेपाली काँग्रेसले देशको प्रमुख पतिपक्षी दलको भूमिका निर्वाह गरिरहेको भए पनि सरकारले आफ्ना अनियमितता र ज्यादतिहरुलाई नरोकेकोले काँग्रेसले आजदेखि यो सशक्त अभियान थालेको बताए ।


उनले भने– अब हामी सदन र सडक दुवै ठाउँबाट सशक्त तर मर्यादित रुपमा विरोधका कार्यक्रम गर्नेछौँ र आजदेखि शुरु भएको यो राष्ट्रिय जागरण अभियान देशैभरि, जनताका घर घरमा पुगेर वर्तमान सरकारका केन्द्रदेखि वडा तहसम्मका ज्यादति र भ्रष्टाचारको भण्डाफोर गर्नेछ ।


देशमा आजदेखि १५ दिनसम्म ३३० स्थानमा यस्ता जागरण अभियानका कार्यक्रमहरु हुने र त्यसमा काँग्रेस पार्टीले खटाएका केन्द्रीय प्रतिनिधिहरुले जनताका गुनासा सुनी सरकारका अनियमितताहरुको भण्डाफोर गर्नेछ– उनले भने ।


जनताका पिरमर्का, समस्या र गुनासा सुन्न सरकार गाउँ टोलसम्म पुग्न नसकेको, सरकार संस्थागत भ्रष्टाचारमा लागेर जनतालाई आश्वासन मात्र बाँड्न लागिपरेकोले काँग्रेसले जनताको घर आँगनमा जाने कार्यक्रम तय गरेको उनको भनाई थियो ।


सहमहामन्त्री डा.महतले भने– कम्युनिष्टहरुको काम भनेकै पूरा नहुने सपनाहरु बाँड्नु हो, जुन अहिलेको कम्युनिष्ट सत्ताले गरेको छ, त्यसैले यो सरकारबाट देशमा समृद्धि आउँदैन भन्नेमा काँग्रेसमात्र होइन, सिंगो देश नै जानकार भइसकेको छ ।


सरकारले सुशासन, रोजगारी, समृद्धिलगायतका कुरामा जनतामा भ्रम मात्र छरेकोेले कांग्रेसले अर्को निर्वाचनमा एक्लै बहुमत ल्याउनेगरि अब देशव्यापी रुपमा लागिपर्ने उनको दाबी थियो ।


उनले भने– ‘हामी अब जनताको पीर, मर्कालाई आत्मसात गर्दै अघि बढ्छौं, पार्टीले अब संसद र सडक दुवै ठाउँमा आफ्नो गतिशिलतालाई तिव्रता दिने र जनताका आवाज उठाउने काम गर्नेछ ।


नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपालमा कम्युनिष्ट सरकारले ब्रम्हलुट मच्चाएको र वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै जनतालाई समृद्धिको सपना बाँडेर सरकारले देशमा भ्रष्टाचारका काण्डैकाण्ड मच्चाएको आरोप लगाए ।