२२ भाद्र २०८३, सोमबार
,
Latest
विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक ४० देखि ५० जना मौसमी ज्वरोका बिरामी अस्पतालमा



अ+ अ-

सल्यान । जिल्लामा मौसमी ज्वरोको बिरामी बढ्न थालेका छन् । मौसमी ज्वरोको प्रकोप गाउँघरसम्मै फैलिएपछि जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप ह्वात्तै बढेको छ । भाईरल ज्वरोका बिरामी बढेपछि जिल्ला अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको अस्पतालका डा प्रदीप शर्माले बताए ।

अस्पताल आउने अधिकांश बिरामीहरुमा ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा दुख्ने र रुघाखोकी लाग्ने लक्षण देखिने गरेको उनको भनाई छ । उनका अनुसार अस्पतालमा दैनिक ४० देखि ५० जना मौसमी ज्वरोको बिरामी आउने गरेका छन् ।

“जिल्ला अस्पताल सल्यानमा सामान्य अवस्थामा तीनदेखि पाँच जना ज्वारोका बिरामी आउँछन्, तर केही दिनदेखि ३० देखि ४० जना बिरामीहरु आउन थालेका छन्”, डा. शर्माले भने, “मौसमी ज्वरो तथा रुघाखोकी सरुवा रोग भएकाले एकअर्कामा छिटै सर्ने भएकाले बिरामी बढेको हुन सक्छ ।”

अहिले मौसम परिवर्तनको समय भएकाले ज्वरोका बिरामी जिल्लाभरि नै बढेको डा. शर्माको
भनाई छ । “अहिले जिल्लाका सबै स्वास्थ्य संस्थामा मौसमी ज्वरोको बिरामीको चाप बढेको छ, स्थानीय तहका स्वास्थ्य संस्थाले सिफारिश गरेका बिरामीको सङ्ख्या पनि बढेको छ”, डा. शर्माले भने ।

“ज्वरोबाट प्रभावित बिरामीमध्ये अधिकाशंको जिल्ला अस्पतालमै उपचार गरिएको छ, यहाँ उपचार सम्भव नभएकालाई भने सिफारिश गरिएको छ”, डा. शर्माले भने। भाइरल ज्वरो तथा रुघाखोकी पाँचदेखि सात दिनमा आफैं निको हुने भए पनि कहिलेकाहीँ जोखिमसमेत हुनसक्ने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनको भनाई छ ।

समयमै भाइरल ज्वरोको पहिचान भए जिल्लामै उपचार सम्भव भएको र पर्याप्त मात्रमा औषधि रहेको अस्पतालले जनाएको छ । भाइरल ज्वरोबाट बच्न खानपिन तथा सरसफाइमा ध्यान दिनुपर्ने, हात नमिलाउने तातोपानी पिउनुपर्ने चिकित्सकको सुझाव छ ।