१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसभासद् राईको निधनमा शोक प्रस्ताव पारित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले पूर्वसभासद् छियामा राईको निधनमा शोक प्रस्ताव पारित गरेको छ । विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट समानुपातिक सदस्यका रुपमा निर्वाचित राईको ७७ वर्षका उमेरमा यही भदौ १० गते निधन भएको थियो ।

राईको निधनमा सभामुख कृष्णबहादुर महराले बैठकमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए ।मस्तिष्काघातको उपचारका क्रममा पूर्वसभासद् राईको सुमेरु अस्पतालमा निधन भएको हो । उनको निधनमा बैठकले शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ ।

साथै बैठकले पूर्वसभासद् राईको परिवारजनप्रति समवेदनासमेत प्रकट गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २५ गते अपराह्न १ बजे बस्ने छ ।