१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु- १९ एसिया कप: नेपालद्वारा युएई पराजित



अ+ अ-

काठमाडौं । श्रीलंकामा जारी एसीसी यु- १९ एसिया कप क्रिकेटको तेस्रो खेलमा नेपालले युएईलाई १ सय ६० रनको विशाल अन्तरले पराजित गरेको छ । नेपालले जीतका लागि २ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेकोमा युएईले ३४.४ ओभरमा १२५ रनमा अलआउट हुनपुग्यो ।

युएईलाई सस्तोमा समेट्ने क्रममा सागर ढकालले तीन तथा रसिद खान, सूर्य तमाङ र पवन शर्राफले २–२ विकेट लिएका थिए । युएईका लागि वृतिया अरविन्द रुद्रावेलले सर्वाधिक २८ रनको योगदान दिएका थिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८५ रन बनाएको थियो । कप्तान रोहित कुमार पौडेलले नेपालका लागि सर्वाधिक ६७ रनको योगदान दिएका थिए ।